सेती-महाकाली व्युरोद्वारा जनयुद्ध दिवस विभिन्न कार्यक्रम गर्दै सम्पन्न

सेती-महाकाली व्युरोद्वारा जनयुद्ध दिवस विभिन्न कार्यक्रम गर्दै सम्पन्न

अछाम : नेपाल कम्युनिस्ट पार्टी सेति–महाकाली व्युरोले विभिन्न कार्यक्रम गरि २६औँ जनयुद्ध दिवस मनाएको छ । सेती–महाकालीका सबै जिल्लाहरूमा जनयुद्ध दिवस मनाएको जनाइएको छ । अछाममा जिल्ला सेक्रेटरी प्रतिकको अध्यक्षता र जिल्ला इन्चार्ज तर्कराजको प्रमुख आतिथ्यतामा जनसभा गरि जनयुद्ध दिवस मनाएको हो ।

जनसभालाई सम्बोधन गर्दै इन्चार्ज तर्कराजले जनयुद्ध नेपाली वर्गसंघर्ष र समाज रूपान्तरणको महासमर भएको उल्लेख गरे । जनयुद्धका उपलब्धिको रक्षा गर्दै एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न नेकपा संघर्षमा रहेको जनाउँदै साथ दिन जनतालाई अनुरोध गरे ।

त्यसैगरी, नेकपा बैतडीले २६ औँ जनयुद्ध दिवसका अवसरमा २६ वटा झण्डा फहराउँदै शुभकामना आदानप्रदान कार्यक्रम गरि जनयुद्ध दिवस मनाएको छ । शुभकामना आदानप्रदान कार्यक्रमलाई जिल्ला इन्चार्ज सहदेव, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) व्युरो संयोजक पुर्णिमा धामी लगायतले सम्बोधन गरेका थिए ।

जनयुद्ध दिवसकै अवसरमा कैलालीमा समेत विभिन्न कार्यक्रम गरिएको जनाइएको छ । कैलालीको गोदावरी नगर समितिले शुभकामना आदानप्रदान सहित चियापान कार्यक्रम सम्पन्न गरेको भेला मार्फत पार्वती बि.क. को नेतृत्वमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको १९ सदस्यीय एरिया समितिसमेत गठन गरेको नगर इन्चार्ज रूपेशले जानकारी दिए ।

कैलालीका सबै एरिया समितिले शुभकामना आदानप्रदान, चियापान, कोणसभा, मिठाइ वितरण गरि जनयुद्ध दिवस मनाएको जिल्ला सेक्रेटरी करणले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :