देशैभर २६ औँ जनयुद्ध दिवसकाे अवसरमा विविध कार्यक्रम सम्पन्न

देशैभर २६ औँ जनयुद्ध दिवसकाे अवसरमा विविध कार्यक्रम सम्पन्न

२६ औं महान जनयुद्ध दिवसकाे अवसरमा नेपाल कम्युनिस्ट पार्टीले देशैभर विविध कार्यक्रम गरि मनाएको छ । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी कैलालीले विभिन्न गाउँ, नगरकमिटीमा भब्य रूपमा मनाएको छ । कैलालीको धनगढी उपमहानगरपालिकामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेकपा कैलाली सेक्रेटरी करन रहनु भएको थियो भने संचालन एरिया सेक्रेटरीले गर्नु भएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा जिल्ला सेक्रेटरी करनले जनयुद्धकै कारण नेपालमा लोकतान्त्रिक गणतन्त्र आएको र जनयुद्धका बाँकी कार्यभार एकीकृत जनक्रान्तिमार्फत पुरा गर्न आमजनसमुदायलाई एकीकृत जनक्रान्तिमा हाेमिन अपिल समेत गर्नुभएको छ । यसैगरी गोदावरी नगर कमिटीले पनि नगरमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको तेस्रो भेला सम्पन्न गर्दै २६ औं जनयुद्ध दिवस मनाएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि महिला संघ क्रान्तिकारीकी जिल्ला संयोजक सृष्टि र अतिथि नगर इन्चार्ज रुपलाल हुनुहुन्थ्यो भने उक्त भेलाले कल्पनाको संयोजकत्वमा १३ सदस्यीय कमिटी निर्माण गरेको छ । उक्त कार्यक्रमकाे सञ्चालन गर्नुभएको थियो । यसैगरी लम्किचुवा तथा जानकी नगर कमिटीले पनि जनयुद्ध दिवस भब्य रूपमा सम्पन्न गरेको छ । जनयुद्ध दिवसको अवसरमा जनयुद्धका घाइते तथा घाइते अपाङ्ग समाजका पूर्व केन्द्रिय अध्यक्ष प्रबतकाे प्रमुख आतिथ्यतामा विशिष्ट अतिथिहरु हृदय, अतिथि बिनिता भानु हुनुहुन्थ्यो भने कार्यक्रममा घाइते अपाङ्ग समाजका केन्द्रिय अध्यक्ष तथा प्रमुख अतिथि प्रबतलाई सम्मान गर्नुका साथै लोकेश चलाउने र रबिना चौधरी बिच जनवादी विवाह समेत सम्पन्न गरेको प्राप्त समाचारमा जनाइएको छ । त्यस्तै भजनी नगर कमिटी, कैलारी गाउपालिका, घोडाघोडी नगरपालिका, टिकापुर, जोशिपुरबर्दगोरिया लगायत सबै ठाउँमा २६ औँ महान जनयुद्ध दिवस मनाएको कैलालीबाट प्राप्त समाचारमा जनाइएको छ ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी बैतडी जिल्लाको दोगडा केदार गाउँपालिका पार्टीले पार्टीका २६ वटा झण्डाहरु फहराउँदै २६ औँ जनयुद्ध दिवस कार्यक्रम सम्पन्न गरेको छ ।

यस्तै २६ औँ जनयुद्ध दिवस नेपाल कम्युनिस्ट पार्टी सर्लाही महोत्तरी संयुक्त जिल्ला समितिले बर्दिवास नगरपालिका १४ मा भव्य रुपमा सम्पन्न गरेको छ । जिल्ला इन्चार्ज हिमालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अन्य अतिथिमा किसान संघका केन्द्रिय सदस्य लाफा लगायत रहेका थिए भने कार्यक्रमकाे सञ्चालन वर्तमानले गर्नु भएको थियो ।
यसैगरी २६ औँ जनयुद्ध दिवस प्युठानमा सभा गरि मनाइएको छ । कार्यक्रममा सहिद दिन बहादुर पुनको परिवारलाई दोसल्ला ओढाइ सम्मान समेत गरिएको छ । सभामा अबिर अावरण गरि दिवस मनाइएको छ ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी दैलेखले अाज २६अौं जनयुद्ध दिवस मनाएकाे छ । सयौँ जनताहरुकाे उपस्थितिमा ठाँटीकाध गाउँपालिकामा जनयुद्ध दिवस मनाएकाे हाे ।

कार्यक्र शँकेतकाे अध्यक्षता र नेपाल कम्युनिस्ट पार्टी दैलेखका ईन्चार्ज दिपेन्द्रकाे प्रमुख अातिथ्यमा भएकाे हाे । प्रमुख अतिथि दिपेन्द्रले केपीकाे कथित निर्वाचन र प्रचण्ड माधवकाे सँसद पुनस्थापनाकाे नारा यथास्थितिवादी नारा भएकाले सम्पूर्ण कान्तिकारी कम्युनिस्ट पार्टी, देशभक्त शक्ति,सच्चा लाेकतान्त्रिक शक्तिहरु मिलेर दलाल सँसदीय व्यवस्थालाई विस्थापित गरेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरेर अहिलेकाे संकट समाधान हुने कुरा बताउनु भयाे । सम्पूर्ण जनतालाई व्यवस्था परिवर्तनकाे सँघर्षमा सहयाेग गर्न अनुराेध गर्नुभयाे । जिल्ला सेक्रेटरी दिपलामा, जिल्ला जनसरकार प्रमुख सघर्ष, अखिल (क्रान्तिकारी) दैलेखका अध्यक्ष सुदर्शन, अखिल नेपाल महिला सँघ क्रान्तिकारी दैलेखका अध्यक्ष उषा अतिथि रहनु भएकाे थियो । कार्यक्रमकाे सञ्चालन शरदले र स्वागत मन्तव्य भुगाेलले गर्नु भएकाे थियाे । कार्यक्रममा ज्वाला सहिद स्मृति साँस्कृतिक परिवारले जनवादी गीत र नृत्य प्रस्तुत गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :