अमेरिकामा कोरोनाले ४ लाख ७९ हजारको मृत्यु

अमेरिकामा कोरोनाले ४ लाख ७९ हजारको मृत्यु

काठमाडौँ : अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या ४ लाख ७९ हजार नाघेको छ । साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार २६५ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतकको सङ्ख्या ४ लाख ७९ हजार ७७२ पुगेको छ । त्यस्तै उपचार गराइरहेका ९६ लाख ८० हजार ९५७ जनामध्ये २१ हजार ४६० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

त्यसैगरी अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या २ करोड ७७ लाख ९९ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ९५ हजार ५४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा अमेरिकामा कोरोना सङ्क्रमित एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा सङ्क्रमण भएको थियो । सङ्क्रमितमध्ये अहिलेसम्म १ करोड ७६ लाख ३९ हजार २१७ जना सङ्क्रमणमुक्त भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :