अनेम सघं कैलालीद्वारा भागिरथी भट्टको दोषीलाई कडा कारवाहीको माग गर्दै प्रदर्शन

अनेम सघं कैलालीद्वारा भागिरथी भट्टको दोषीलाई कडा कारवाहीको माग गर्दै प्रदर्शन

कैलाली : अखिल नेपाल महिला सघं क्रान्तिकारी कैलालीले बैतडीकी भागिरथी भट्टको बलात्कारपछि विभत्स हत्या भएको घटनाको विषयमा दोषीलाई सार्वजनिकसहित कडा कारवाहीको माग गर्दै कैलालीको लम्किचुहामा विरोध प्रदर्शन गरेको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य बिनिताले सामाजिक सुरक्षाको दायित्व राज्यको भएको तर राज्य यस्ता जघन्य अपराधको मुखदर्शक भएकाले अब महिला मुक्तिको आन्दोलनमा महिला नै सडकमा आउनुपर्ने बताइन् ।

कार्यक्रमको सञ्चालन अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जिल्ला अध्यक्ष सृष्टिले गरेका थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :