संसद् विघटनपछिको अन्यौलता र वैज्ञानिक समाजवादी व्यवस्थाको अपरिहार्यता

आध्यात्मिक चिन्तनले ग्रसित मानसिकताको नजरमा हरेक बर्षको पौष महिना फासफुस महिना भनि खुबै सुन्न पाईन्थ्यो । २०७७ सालको पौष महिना भने यति धेरै महत्वपूर्ण प्रचारात्मक र यत्तिधेरै लामो भएको महसुस भयो कि त्यो यहॉ लेखेर पनि कपिको पाना कहिल्यै भरिंदैन होला । सायद यतिखेर नेपालको अवस्था त्यसरी नै गुज्रिराखेको छ । विशेषत यो सालको पौष ५ गते सच्चा क्रान्तिकारी, देशभक्त राष्ट्रवादी र सच्चा कम्युनिष्ट बामपन्थी विचारधारामा निरन्तर संघर्षरतहरुलाई एउटा नया“ बहसको वातावरणको ढोका खोलिएको छ भने त्यहि पौष ५ गते लाई खाईपाई रोजीरोटी र सत्ता भत्ता गुमेकोमा भने एकथरी मानिसहरुको पाप विलाप भएको छ जो जनताको रगत पसिना चुसेर उडुस मोटाएको जस्तो मोटाई राखेको थियो ।

नेपालमा आमजनताले गा“स, वास, कपास, स्वास्थ्य शिक्षा र रोजगारको निम्ति जतिऔं पटक आन्दोलन गरेपनि सत्तामा पुगेपछि त्यहि आन्दोलनको नेतृत्व गर्ने नेतृत्वकर्ता वाहेक कसैको जिवनमा परिवर्तन नआएको र नभएको कुरा छर्लङ्ग छ । सत्ता र शक्तिमा जो जस्ता व्यक्ति पुगे पनि मुख्य कुरो सत्ताको चरित्र फेर्न नसकिएपछि जतिसुकै ईमान्दार नैतिकवान र सक्षम व्यक्ति गएपनि त्यो स्वयम व्यक्ति पनि बदमाश, मतिभ्रष्ट, व्यक्तिगत स्वार्थमा लिप्त र स्वार्थी बनेर आउंदो रहेछ, त्यसैले नेपालको अहिलेको अवस्था पनि त्यहि हो र यसो हुनुको मुख्य कारण अहिलेको संसदीय व्यवस्था हो, जसको नेतृत्व, दलाल पूंजीवादले गरेको छ । संसारमै असफलसिद्ध भईसकेको व्यवस्थालाई, विरामीलाई भेन्टिलेटरमा राखी कृतिम हावा भरिदिएर व्युंताईराखेको जस्तो हो । यसको हालसालैको ताजा नतिजा अमेरिकाको राष्ट्रपतिय निर्वाचनलाई हेरे पुगिहाल्छ । दुःखत कुरो त यस्तो अवस्थामा पुगेको प्राय मृत शरिरलाई कृतिम हावा हालेर भएपनि बचाई राख्नुपर्छ भन्ने नेपालका ठुलठुला विद्धानहरु, नागरिक समाजका अगुवाहरु, राजनैतिक विश्लेषकहरुको भनाई सुन्दा पो अचम्म लाग्छ, के सम्भव होला ? (पौष ५ गतेको संसद विघटनलाई केपी ओलीको भाषामा ऐतिहासिक र साहसिक कार्य माधव, प्रचण्ड गुटको भनाईमा असंवैधानिक र अलोकतान्त्रिक कार्य प्रतिपक्ष दलको भनाईमा ठिक ठिकको बिचमा बेठिक जस्तो र यहि व्यवस्थामा हल्काफुल्का आलोचना गरेर जिवीकोपार्जन गर्नेहरु अझ भनौ आँखा पूर्णरुपमा नखुलेका र पूर्ण रुपमा अन्धो भएर दृष्टिविहीन पनि नभएका यहि ससदीय व्यवस्थाको आलोचना गर्ने तर विकल्प नखोज्ने, आफ्नो विचार बेचेर खाने वानी परेका बुद्धिजिवीहरुको बहस सुन्दा त लाग्छ सुँगुरलाई खोर बाहिर भन्दा खोर भित्र मिठा खान पाईन्छ भन्दै त्यहि ओछ्यानमा रमाईलो मान्ने जिन्दगी जस्तो । हिजो आज सडकमा हेरौं नाराजुलुस, चियापसलमा छिरौं त पौष ५ गते र खाजा नास्ताको लागि होटलमा छिरौं त वैशाख २७ गते के यत्तिमै हो त बहस केन्द्रीत हिजोको सुन्धाराको गल्लीमा भेट्ने ठेला मजदुर, महाबौद्धको भिडमा भेट्ने नाम्ला बोकेर दौडिरहेका मजदृुरहरु, तिनकुनेको खुल्ला चौरमा जम्मा भएका युवाहरुको भिड, रत्नपार्कको पुलमाथि आप्mनो जिन्दगीलाई धिक्कारर्दै गाडी गुडेको हेरेर दिन कटाउने ती तमाम युवाहरुको वारेमा कुनै पार्टी, कुनै नागरिक समाज, कुनै पत्रकारको ध्यान गएको छ त, कहां छन् त महाबुद्धिजीवीहरु अनि राजनैतिक विश्लेषकहरु आखीर तिनीहरुको वारेमा विश्लेषण गर्नु पर्दैन, बुद्धिजिवीहरु बोल्न पर्दैन, पत्रकारहरुले लेख्न पर्दैन, खाली प्रचण्ड, माधव, शेर बहादुर, झलनाथ, केपी ओली मात्रै हो संचार माध्यममा विक्ने, अरुको जिन्दगी जिन्दगी नै होइन ? के केपी ओलीले विघटन गरेको व्यवस्था फर्कदैंमा चाहिं अर्को उथलपुथल हुन्छ, के प्रचण्ड प्रधानमन्त्री बन्दैमा यो देशको असमान सन्धीहरु खारेज गरेर हाम्रो भूमि फिर्ता ल्याउन सकिन्छ, अनि यो देशका ३ करोड जनताले शेरे, प्रचण्डे, माधवे, झलेको, प्रधानमन्त्री कार्यकाल हेरेको होईन र ? कसैको कार्यकालमा सम्झन लायक कुनै कामहरु छन् र ? जो संधै स्मरण गरिरहुं जसलाई सम्झेर हामी खुशी भईरहुं जसका हामी जय जयकार गरुं । तसर्थ व्यवस्थाको चरित्र र संरचना जबसम्म पुर्ण रुपमा भत्काईदैन तबसम्म यो देशका जनताले शान्ति, स्थायीत्व र समृद्धिको सपना देख्नु कोरा कल्पना मात्र हुन्छ ।

हामीले सामान्य भाषामा भन्दा पटक पटकको संघर्षमा नेपाली जनताको त्याग, समर्पण र बलिदानले प्राप्त गरेका केहि प्राविधिक उपलव्धीको मालिक र त्यसको हकदार बन्न नसक्नुको कारण नै अहिलेको संसदीय व्यवस्था हो भन्ने कुरा भन्न र कुरा गर्नलाई किन डराईराखेको छ, हाम्रा नागरिक समाजका अगुवाहरु, पत्रकार र बुद्धिजीवीहरु यो धेरै ठुलो गम्भीर र पेचिलो विषय भएको छ कि त यिनीहरु पनि डलरमा विकाउ बुद्धिजिवी पत्रकार, नागरिक अगुवा हुन कि त मृत्यु देखि डर छ ? ताकि जनताको अगाडी व्यवस्थाको आलोचना गर्ने तर आफ्नो रोजीरोटी पनि बचाई राख्ने । होईन भने यो असफलसिद्ध संसदीय व्यवस्थाको विकल्पमा खुलमखुल्ला बहस गर्न किन बाहिर निस्कंदैन ? ताकि यो व्यवस्था भन्दा अझ उच्चतम, उन्नत, वैज्ञानिक होस्, आम युवाहरु वेरोजगारको कारणले दिनभरी कसैको खोक्रो भाषण सुनेर दिन नविताओस्, जातिय विभेदको कारणले कसैको जीवन माथि कोही हावी नहोस्, स्वास्थ्यमा गरिब दिनभरी लाईन बसेर उपचार गर्नु पर्ने र पैसावाल व्यक्तिहरु विशेष उपचार कक्षमा छिटो राम्रो उपचार गर्ने नीति नहोस् । शैक्षिक क्षेत्रमा विभेद नहोस् जो जहां बसेर पढे पनि शिक्षा प्रणाली एउटै होस्, नेपाली चेलीहरुले दासताको रुपमा होइन सम्मान श्रमको समान मूल्य पाओस् । यस्तो राम्रो कुनै व्यवस्थाको वारेमा किन नसोच्ने, जनताको स्वास्थ्य शिक्षा र आधार भूत आवश्यकता राज्यको अनिवार्य जिम्मेवारी बन्ने, आम जनताको समस्यालाई लिपिबद्ध गर्दै जनताले जिताएर पठाएको जनप्रतिनिधिले खुरुखुरु जनताको काम गर्ने । जान अन्जानमा गल्ती गरी कारागारमा जीवन विताई रहेका कैदी वन्दीहरुलाई सजाय स्वरुप राज्यकै औद्योगिक कलकारखानामा जनश्रममा लगाउने, जनतालाई अनावश्यक कर माथि कर नथोपर्ने, बन्द भएको कलकारखाना खोल्ने, नया“हरुको अन्वेषण गर्ने, मष्तिष्कमा रहेको क्षमतालाई हातले कार्यान्वयन गर्ने । किनकी हातले काम गर्यो भनेनै ठुल ठुला विकास गर्न सकिन्छ भनि आम जनताहरुलाई बुझाउने जब मानिसको हात र दिमाग खाली हुन्छ, अनि मात्र जो कोहीले अपराधिक क्रियाकलाप सोच्छ र घटना घट्छ र घटाउंछ भनि शिक्षा दिंदै यस्ता विषयमा राज्य गम्भीर हुने हो भने के देश बन्न समय लाग्ला र ? यतिखेरि राज्यको ध्यान बैशाख १७ र २७ मा छ भने सरकार बाहिर रहेकाहरु सरकारको सम्पत्ति माथि राईदाई गर्न नपाएकोले हामी यहां छौं भन्दै कहिले कहा“ त कहिले कहांको फोटो सार्वजनिक गरिराखेको छ ।

यो चाहिं के संवैधानिक हो ? लोकतान्त्रिक विधि हो । केपी, प्रचण्ड, माधव, झलनाथ, शेर बहादुर भर्सेज जो कोहि आएपनि यो व्यवस्थाको अन्त्य नभई न देश समृद्ध हुन्छ न जनताले सुःख र शान्तिले बांच्न पाउंछ । न बैशाखको १७ र २७ मा चुनाव भएर समस्या समाधान हुन्छ, न संसद पुनःस्थापना भएर नै जनताको जिवन स्तर उक्सन्छ, यी दुबै भ्रमको खेती बन्द गरेर सरकार परिवर्तनको खेलमा होइन राज्यसत्ता पुर्नसंरचनाको निम्ती अहिलेको दलाल पूंजीवादी संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्था स्थापर्नाथ यो देशलाई माया गर्ने वास्तविक श्रमिक, उत्पिडित, गरिब मजुदर, मधेशी, आदिवासी जनजाति, बुद्धिजीवी, नागरिक अगुवा, पत्रकार, समाजका सृष्टिकर्ता नारीहरु, दलित मध्यम वर्गका आम जनताहरु एकीकृत र गोलबद्ध हुंदै, वैज्ञानिक समाजवादी व्यवस्थाको निम्ती बा“झो वारी खन्न शुरु गरौं । उत्पादनलाई बढाऔं, नया“ उद्योग, कलकारखानाको अन्वेषण गर्दै बन्द भएको कलकारखानालाई पुनः सुचारु गरौं । राज्यको सम्पत्ति माथि हिनामिना गर्नेलाई सार्वजनिक गर्दै कडाभन्दा कडा कार्वाहीको दायरामा ल्याउं, गाउं गाउंमा उत्पादित वस्तुहरुलाई स्थानीयको सिप विकासमा जोडौं । वेरोजगारले भौंतारिएर सडकको चोक र पुलपुलेसामा अडेस लगाएर दिन कटाउन बाध्य युवाहरु आवश्यकता र वाध्यताले अपराधिक घटनामा जोडी राखेका हजारौं कैदी वन्दी युवाहरु जसको श्रमले देशको विकासमा ठुलो परिवर्तन ल्याउन सकिन्छ, यस्ता विषय प्रति गम्भीर बन्दै (बुर्जुवाहरुको गफ गर्ने थलो संसदीय व्यवस्थाको विकल्प) मा सुन्दर, समुन्नत, समानतामूलक, वैज्ञानिक समाजवादी, व्यवस्थाको स्थापनाको निम्ती एकताबद्ध भएर संघर्षमा जुटौं ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :