गैरन्यायिक गिरफ्तारी र दमनका विरुद्ध राप्ती जिल्लामा शैक्षिक हड्ताल

गैरन्यायिक गिरफ्तारी र दमनका विरुद्ध राप्ती जिल्लामा शैक्षिक हड्ताल

काठमाडौँ : रुकुम पश्चिम लगायत राप्ती क्षेत्रमा प्रहरीद्वारा विद्यार्थीहरुमाथि गरिएको गैरन्यायिक गिरफ्तारी, दमनको विरोध र गिरफ्तारहरुको रिहाइको माग गर्दै अखिल (क्रान्तिकारी) ले सोमबार राप्तीका सबै जिल्लामा १ दिने शैक्षिक आम हड्ताल गरेको छ । रुकुम पश्चिममा भएको उक्त गैरन्यायिक गिरफ्तारीको अखिल (क्रान्तिकारी) दाङको तर्फबाट अध्यक्ष केसीले घोर निन्दा एवम् भत्र्सना गरेका छन् ।

अखिल (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष अनिल केसीले प्रेस विज्ञप्ति जारी गरि संगठनको राप्ती क्षेत्रीय समन्वय समितिले घोषणा गरेको २६ गते राप्तीका सबै जिल्लाहरुमा आम शैक्षिक हड्तालको कार्यक्रम दाङमा पनि रहेकाले सम्पूर्ण शैक्षिक संस्थाहरु सञ्चालन नगरी सहयोग गरिदिनुहुन अनुरोध गरेका छन् ।

यही माघ १८ गते आफ्नै कोठामा अध्ययन गरिरहेको अवस्थामा अखिल (क्रान्तिकारी) रुकुम पश्चिमका अध्यक्ष प्रेम प्रशान्त बोहरा, कोषाध्यक्ष धनबहादुर वलीलाई प्रशासनले विनाकारण गिरफ्तार गरेर झुट्टा मुद्दा लगाएर हिरासतमा राखिरहेको र उक्त विरोध स्वरूप यहीँ माघ १९ गते संगठन रुकुम पश्चिमको आयोजनामा भएको विरोध र्यालीमा प्रहरीले व्यापक दमन गरि विद्यार्थीहरुलाई आतंकित बनाउदै संगठनका रुकुम पश्चिमका उपाध्यक्ष सोम्पाल कामी र सह–सचिव प्रकाश विकलाई अपहरण शैलीमा गिरफ्तार गरेर झुट्टा मुद्दा लगाउदै हिरासतमा राख्दै आएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘यही माघ १८ गते आफ्नै कोठामा अध्ययन गरिरहेको अवस्थामा हाम्रो संगठन अखिल (क्रान्तिकारी) रुकुम पश्चिमका अध्यक्ष प्रेम प्रशान्त बोहरा, कोषाध्यक्ष धनबहादुर वलीलाई केपी सरकारको रामबहादुर गृह प्रशासनले विनाकारण गिरफ्तार गरेर झुट्टा मुद्दा लगाएर हिरासतमा राखेको छ भने उक्त गैरन्यायिक गिरफ्तारी विरुद्ध यही माघ १९ गते संगठन रुकुम पश्चिमको आयोजनामा भएको विरोध र्यालीमा प्रहरीले व्यापक दमन गरि विद्यार्थीहरुलाई आतंकित बनाउदै संगठन रुकुम पश्चिमका उपाध्यक्ष सोम्पाल कामी र सहसचिव प्रकाश विकलाई अपहरण शैलीमा गिरफ्तार गरेर झुट्टा मुद्दा लगाउदै हिरासतमा राखेको छ । रुकुम पश्चिममा भएको उक्त गैरन्यायिक गिरफ्तारीको हाम्रो संगठन अखिल (क्रान्तिकारी) दाङले घोर निन्दा एवम् भत्र्सर्ना गर्दछ । कापी, कलम बोकेर विद्यार्थी हक, हित र अधिकारको निम्ति तथा शैक्षिक विकृति, विसंगति, अन्याय, अत्याचार, दमन, शोषणका विरुद्ध अहोरात्र खटिरहेका विद्यार्थीहरु देखेर पतनको संघारमा पुगेको केपी सरकार अत्तालिएको प्रष्ट छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘निर्मला पन्तको हत्यामा संलग्न अपराधीलाई पत्ता लगाई कारवाही गर्न नसकेकै कारण देशमा आपराधिक घटना मौलाएको छ । भर्खरै मात्र बैतडी जिल्लाको दोगकेडार गा.पा. ७ चदेपानी निवासी कक्षा १२ मा अध्ययनरत १७ वर्षिय छात्र भागिरथी भट्टको बलात्कार पछि विभत्स हत्या भएको छ तर यो बहिरो सरकार र यसको प्रशासनले अहिलेसम्म अपराधी सार्वजनिक गर्न सकेको छैन । स्वर्गीय भागिरथी भट्टप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अपराधीलाई तत्काल नियन्त्रणमा लिएर कडा कार्वाही गर्न र पिडित परिवारलाई न्याय दिन सम्बन्धित निकायसँग माग गर्दछौं ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘रुकुम पश्चिम लगायत राप्ती क्षेत्रमा प्रशासनद्वारा विद्यार्थीहरुमाथि भएको गैरन्यायिक गिरफ्तारी, दमन र गिरफ्तार कमरेडहरुको रिहाइको निम्ति हाम्रो संगठन राप्ती क्षेत्रीय समन्वय समितिले घोषणा गरेको संघर्षका कार्यक्रम अन्तर्गत यहि माघ २६ गते राप्तीका सबै जिल्लाहरुमा आम शैक्षिक हड्तालको कार्यक्रम रहेको हुदा हाम्रो दाङ जिल्लामा पनि सबै शैक्षिक संस्थाहरु सञ्चालन नगरी सहयोग गरिदिनुहुन विद्यार्थी, अभिभावक, शिक्षकहरू, शैक्षिक संस्था संचालकहरु लगायत शैक्षिक क्षेत्रमा सरोकार राख्ने सबै निकायहरुलाई हार्दिक विनम्र अनुरोध गर्दछौ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :