जनपत्रकार संगठन नेपालको जिल्ला भेला सम्पन्न

जनपत्रकार संगठन नेपालको जिल्ला भेला सम्पन्न

अछाम : जनपत्रकार संगठन नेपाल अछामको जिल्ला भेला सम्पन्न भएको छ । संगठनका केन्द्रीय संयोजक शेरबहादुर विक ‘दर्शन’को उपस्थितिमा सम्पन्न गरिएको भेलाले खेमराज बुढाको संयोजकत्वमा ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको छ ।

भेलाले आगामी चैत्र १२ र १३ गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । सम्मेलन सम्पन्न गर्नका लागि आवश्यक तयारी गर्ने निर्णय गरेको छ । त्यसैगरी नेपाल पत्रकार महासंघको आगामी महाधिवेशनमा सहभागिताका लागि आवश्यक तयारी र पहलकदमी गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :