अखिल नेपाल महिला संघ क्रान्तिकारीको भेला कपिलवस्तुमा सम्पन्न

अखिल नेपाल महिला संघ क्रान्तिकारीको भेला कपिलवस्तुमा सम्पन्न

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको कपिलवस्तु जिल्ला भेला सम्पन्न भएको छ । उक्त भेलाले ९ सदस्यीय जिल्ला समिति गठन गरेको बताइएको छ ।

संगठनका संयोजक बन्धु चन्दले भेलालाई सम्बोधन गर्दै, महिलामाथि शोषण, हिंसा र उत्पीडनका विरुद्ध सम्पूर्ण महिलाहरुले एकीकृत भएर संघर्ष गर्नुपर्ने भन्दै त्यसका लागि संगठनमा आबद्ध हुनुपर्ने बताइन् । उनले महिलाहरुको वास्तविक मुक्ति वैज्ञानिक समाजवादमा मात्र सम्भव हुने बताउदै दलाल राज्यसत्ता विरुद्ध संघर्षको विकल्प नभएको बताइन् ।

कार्यक्रममा नेकपा कपिलवस्तुका जिल्ला सेक्रेटरी शेरमान, संगठनकी लुम्बिनी ब्युरो संयोजक ममतालगायतले बोल्दै महिला मुक्ति एकीकृत जनक्रान्तिमार्फत हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :