जगदीशको उपन्यास ‘सकस’ : दलाल पुँजीवादको सकस

समालोचना

परिचय

नेपाली साहित्यमा राजनीति, इतिहास र जल्दाबल्दा सामाजिक घटनापरिघटनालाई लिएर आख्यान निर्माण गर्ने स्रष्टाहरू सीमित छन् । डायमनशमशेर राणाले निरङ्कुश राणाशासनका अन्तर्य र सीमाहरूको पर्दाफास आख्यान विधाको उपन्यासका माध्यमबाट नै गरेका हुन् । इतिहास र राजनीतिलाई विषय बनाएर आख्यान रच्ने प्रगतिवादी स्रष्टाहरूको सूचीमा डा. ऋषिराज बराल, अनिल शर्मा विरही, घनश्याम ढकाल, सरला रेग्मी, गङ्गा श्रेष्ठलगायतको नाम माथिल्लो स्थानमा आउँछ । इतिहासका घटना र पात्रमाथि सिर्जना गर्ने समसामयिक धाराका एक स्रष्टा हुन्– जगदीश घिमिरे । कुनै समय प्रगतिशील साहित्य सिर्जना गर्ने जगदीशले आरम्भ्मै प्रयश्चित गर्दै त्यो बाटो छोडे । लिलाम उपन्यासका माध्यमले नेपाली प्रगतिशील साहित्यमा स्थापित बनेका जगदीशले साबिती उपन्यासबाट प्रगतिशीलताबाट संन्यास लिए । अहिले उनको पछिल्लो सिर्जना ‘सकस’ आख्यानका रूखमा सार्वजनिक भएको छ । यो आख्यान स्थापित क्रान्तिकारी विचार र संस्कृतिका कारण अस्ताउँदो सामन्तवाद र मृत्युन्मुख दलाल पुँजीवादमाथि परेको सकस हो ।

लेखक : अशाेक सुवेदी

जगदीश समसामयिक र यथास्थितिवादी विचारका पक्षपाती हुन् । बुर्जवा संसद्वादी व्यवस्थालाई अब्बल दर्जाको प्रजातन्त्र देख्ने स्रष्टाहरूमा उनी पनि पर्छन् । जीवनमा वर्गसङ्घर्षलाई, त्यो सङ्घर्षलाई जीवन बनाउनेहरू र वर्गसङ्घर्षमै आफ्नो र आफ्नो वर्गको भविष्य देख्नेहरूसँग गोरु बेचेको पनि साइनो नभएका बरु वर्गसङ्घर्षीवरोधीहरूसँग अन्तरङ्ग सम्बन्ध भएकाले एकपटक आफूले रोमान्टिक ठानेर रोजेको सङ्घर्षको बाटो त्यागेर पश्चाताप गरेका पात्र हुन् जगदीश । उनको जीवनको आरम्भझैँ कतिपय सिर्जनाका विषय, पात्र र प्रवृत्ति पनि उदात्त र क्रान्तिकारी हुनु र कतिपय मात्र पूरै क्रान्तिका विरुद्ध उभिनु उनको साहित्यको पनि चरित्र हो । अर्थात् विचारमा, पात्रमा, प्रवृत्तिमा, चिन्तनमा, प्रस्तुतिमा, उद्देश्यमा आरोहअवरोह र दिशाहीनता, गतिहीनता जगदीशका रचनाका सीमा वा विशेषता हुन् ।

जगदीश रामेछाप जिल्लाका स्रष्टा हुन् । उनका बाबुखलक अझ विशेषगरी ठूलाबाबु ज्ञानप्रसाद र बाबु इन्द्रप्रसाद नामुद जिम्मल र शासक थिए । तिनले त्यस क्षेत्रका सयौँ, हजारौँ किसानलाई शोषण गरे, सुकुमबासी बनाएर बसाइँ हिँड्न बाध्य बनाए । यी परिदृश्य नजिकैबाट देखेका जगदीशले आफ्नै क्षेत्र र अझ विशेषगरी आफ्ना बाउ र ठूलाबाउको शोषणको वास्तविक कथामा आधारित लिलाम शीर्षक उपन्यास लेखेर बीसको दशकमा वाहवाही कमाए । पारिजातले समेत त्यसको खुलेर चर्चा गरिन् । प्रगतिशील साहित्यजगत् फुलेल भयो । एउटा सामन्ती परिवारमा जन्मिएको युवास्रष्टाले सामन्तवादको धज्जी उडाएर कालजयी सिर्जना गर्नु सामन्ती समाजको अन्त्यका लागि लागिरहेका स्रष्टा र समीक्षकका लागि खुसीको विषय थियो । तर नेपाली प्रगतिशील साहित्यक समाजमा छाएको त्यो खुसी लामो समयसम्म टिक्न सकेन, पानीको फोकाझैँ प्याट्टै फुट्यो । उनले एक सय ८० डिग्री फन्को मारेर तीसको दशकको आरम्भमै साबिती उपन्यास लेखे । आफ्नो जीवनदर्शन क्रान्तिकारी आशावादबाट भङ्ग भएको विषयको साबिती बयान थियो त्यो अर्थात् पञ्चायती शासनको सरकार र समाजसँग आफ्नो कायलनामा । त्यसपछि उनले विद्रोह र सत्यलाई कहिल्यै सिर्जनाको केन्द्र बनाएनन्ब/नाउन सकेनन् ।

त्यसआसपासमा र यतिबेलासम्म जगदीशका कथाहरू, कथा, कविता, संस्मरण, सन्तान (नाटक), अन्तरमनको यात्रा, अग्निसूत्र (कविता), स्थान, काल, पात्र (विविध), बर्दी (कथा) शीर्षक पुस्तक प्रकाशित भइसकेका छन् । लिलामपछिका सबै पुस्तकमा जगदीशको निरपेक्ष मानवतावाद अर्थात् ठूलो माछाले सानो माछा खान पाउने सिद्धान्त र दर्शन झल्किन्छ । जगदीश वर्ग मान्दैनन् । त्यसैले उनले वर्गसङ्घर्ष मान्ने वा स्वीकार्ने कुरा पनि भएन । प्रायः आफूलाई ठीक नजचेका विषयको कटु आलोचना गर्ने क्षमता राख्ने जगदीशको कलम उनको चिन्तनअनुसार नै माक्र्सवाद र माक्र्सवादीहरूप्रति अलि बढी नै आलोचक रहने गरेको पाइन्छ । सकस पनि यसको अपवाद छैन । सकस नेपाली समाजका विसङ्गति र विकृतिहरूमाथिको निर्मम प्रहार हो तर विकल्परहित । यो घोर निराशाको सौन्दर्यशास्त्र पनि हो । वर्गसमाजमा वर्गसङ्घर्षबाट प्राप्त समाजवाद र साम्यवादको विकल्प पुँजीवादी समाज कदापि हुन सक्तैन । पुँजीवाद अघाएकाहरूका लागि प्रजातन्त्र हो, लोकतन्त्र हो, ‘रामराज्य’ हो । जगदीश त्यही वर्गको पक्षपोषण गर्छन् किनकि उनको वर्गचिन्तन, आदर्श र जीवनदर्शन पनि त्यही हो तर फरक यत्ति छ, उनी साम्राज्यवादी पुँजीवादभन्दा अलि उदार र अलि फराकिला लाग्छन् । बाघले बोको खानुमा बाघको सँगै बोकाको पनि दोष देख्ने वा शासकबाट शोसित हुनुमा विपन्न वा सर्वहाराको पनि उत्तिकै दोष देख्ने चिन्तन र प्रवृत्ति सही होइन । उनको चिन्तन यसकै वरिपरि घुमेको र त्यसकै पक्षपोषणमा रमाइरहेको देखिन्छ । सत्य पस्किनुको अर्थ नाङ्गो यथार्थलाई जथाभाबी छोडिदिनु होइन, त्यसको वैज्ञानिक हलसहितको सत्य अभिव्यक्त गर्नु हो तर जगदीश यसमा बारम्बार चुकेका छन् । क्रान्तिकारी आन्दोलनबाट सिर्जित नवीन यथार्थले सामन्तवादी र पुँजीवादी आदर्शमाथि स्वाभाविकतामा सिर्जना गरेको सकस हो ।

आख्यान स्थापित क्रान्तिकारी विचार र संस्कृतिका कारण अस्ताउँदो सामन्तवाद र मृत्युन्मुख दलाल पुँजीवादमाथि परेको सकस हो ।

विषयप्रवेश

नेपालको समग्र राजनीतिक आन्दोलन र विशेषगरी वर्गसङ्घर्ष र पछिल्लो समयमा त्यसको उत्कर्ष स्वरूप जनयुद्धलाई हेर्ने दृष्टिकोणमा नेपाली समाजझैँ नेपाली लेखकको मत पनि व्यापक रूपमा विभाजित भयो । कयौँले त्यसलाई आतङ्ककारी गतिविधिका रूखमा चित्रण गरे । माक्र्सवादविरोधीहरूले त मालेमावादी युद्धलाई आतङ्क देख्नु स्वाभाविक नै थियो किनकि सामन्तवाद र पुँजीवादले सर्वहारावर्गमाथि लादेको श्वेतआतङ्कका विरुद्ध त्यो लालआतङ्क नै थियो । त्यसले गाउँका श्रमजीवी किसानदेखि सहरका मेहनतकस मजदुरसम्मको अर्थात् समग्र सर्वहारावर्गको जीवन मुक्तिको योजनासाथ दीर्घकालीन सशस्त्र सङ्घर्ष सञ्चालन गरेको थियो । माओवादविरोधी राजनीतिमा सक्रिय पार्टी, संस्था र स्रष्टाहरू मालेमावादी आन्दोलनले गति लिएको देख्न चाहँदैनथे तर जनयुद्ध तीव्रतामा अघि बढिरहेको थियो । समाजमा विद्यमान पुरातन चिन्तन, शैली, संस्कृृति, संस्कार, रूढि क्रमशः क्षय हुँदै र माक्र्सवादी, जीवनवादी, परिवर्तनशील, रूपान्तरणकारी जीवनदर्शन, आचारविचार, स्वभाव, शैली र नयाँ संस्कृति निर्माण हुँदै थियो । आफ्नो वर्गका विरुद्ध सञ्चालित युद्धलाई राजतन्त्रात्मक सामन्तवादी सत्ताले आतङ्ककारी देख्नु स्वाभाविक मानिन्थ्यो । सामन्तवादलाई घोडा बनाएर स्वच्छन्द विचरण गरिरहेको पुँजीवादी चिन्तनले उग्रता र आतङ्क देख्नु स्वाभाविक र आवश्यक पनि थियो । जनयुद्धलाई नैतिक वा भौतिक समर्थन गर्न नसके पनि त्यसले उठाएका मुद्दा र त्यसका उपलब्धिहरूलाई स्वीकार गर्न पनि फराकिलो, द्वन्द्ववादी छातीको आवश्यकता थियो । सामन्तवाद र साम्रज्यवादका पृष्ठपोषक, समर्थक र सक्रिय कार्यकर्ताले त सामन्तवाद–पुँजीवादविरोधी आन्दोलनलाई विकृत बनाउन सक्तो शक्ति खर्च गर्ने नै भए । जनयुद्धभर सामन्तवाद र पुँजीवादका मतियार र पृष्ठपोषकहरूले राज्यसत्तासँगै मिलेर जनयुद्धलाई दबाउन न्वारानदेखिको बल लगाए । ठूलो क्षति पनि पुर्याए । आफ्नो वर्गको रक्षाका लागि तिनले ठूलो जोखिम पनि मोले । प्रतिक्रियावादी सत्ताका राजनीतिक रक्षकहरूले झैँ साहित्यिक रक्षकहरूले पनि त्यो वर्गको रक्षाका लागि निरन्तर लेखिरहे, लागिरहे । महेशविक्रम शाहको छापामारको छोरो, सिपाहीकी स्वास्नीलगायत सिर्जना त्यसका केही मात्र उदाहरण हुन् । यस्ता उदाहरण धेरै छन् । बिनाबर्दीधारी अन्य स्रष्टाले पनि प्रतिगमनको पक्षपोषण र अग्रममनको निषेध हुने गरी लेखेका छन् । प्रदीप नेपालको आकाशगङ्गाको तीरैतीर त्यसको अर्को भद्दा उदाहरण हो ।

घोषित रूपमै अर्को वर्गका स्रष्टाले गरेका सिर्जनाले वर्गयुद्धमाथि फैलाएको भ्रम एकातिर छ तर आफूलाई लोकतन्त्रवादी भन्न रुचाउने गोविन्दराज भट्टराईलगायत स्रष्टाले जनयुद्धले स्थापित गरेका महान् आदर्शमाथि थोपरेको भ्रम खेदजनक छ । यथास्थितिवादका पक्षपोषक स्रष्टाले जनयुद्धलाई धेरै विकृत बनाउने धृष्टता गरेका छन् । त्यसको पनि लामो सूची छ । आफूलाई माक्र्र्सवादी वा कम्युनिस्ट भन्न रुचाउने केही पात्रले पनि जनयुद्ध, त्यसका गतिविधि, जनताले स्वेच्छाचारी शासकविरुद्ध हतियार लिएर लडेको ऐतिहासिक सन्दर्भलाई अत्यन्त विकृत, भद्दा र निकृष्ट रूपमा आफ्ना सिर्जनामा अभिव्यक्त गरेका छन् । एमालेका नेतासमेत रहेका प्रदीप नेपालले आकाशगङ्गाको तीरैतीर नामको उपन्यास, खगेन्द्र सङ्ग्रौलाले जूनकीरीको सङ्गीत शीर्षक उपन्यासका माध्यमले, विष्णुविभु घिमिरेहरूले द्वन्द्वका कथा शीर्षकमा द्वन्द्व र युद्धलाई भ्रष्टीकरण गरेर र अन्य कयौँले सिर्जनाका विभिन्न माध्यमबाट जनयुद्धको महानता, गरिमा, ओज र भव्यतालाई हियाउने कोसिस गरे ।

एउटा सामन्ती परिवारमा जन्मिएको युवास्रष्टाले सामन्तवादको धज्जी उडाएर कालजयी सिर्जना गर्नु सामन्ती समाजको अन्त्यका लागि लागिरहेका स्रष्टा र समीक्षकका लागि खुसीको विषय थियो । तर नेपाली प्रगतिशील साहित्यक समाजमा छाएको त्यो खुसी लामो समयसम्म टिक्न सकेन, पानीको फोकाझैँ प्याट्टै फुट्यो । उनले एक सय ८० डिग्री फन्को मारेर तीसको दशकको आरम्भमै साबिती उपन्यास लेखे । आफ्नो जीवनदर्शन क्रान्तिकारी आशावादबाट भङ्ग भएको विषयको साबिती बयान थियो त्यो अर्थात् पञ्चायती शासनको सरकार र समाजसँग आफ्नो कायलनामा ।

युद्धकालमा युद्धको राप, ताप र चापले त्यसो गर्न हिम्मत नगर्नेहरू पनि पछिल्लो चरणमा माओवादी आन्दोलनले स्थापना गरेका नवीन मूल्य र मान्यताविरुद्ध सिर्जनाका माध्यमबाट धावा बोल्न थालेका छन् । समाजमा वर्गको, वर्गसङ्घर्षको, त्यसले स्थापना गर्ने समाजको, त्यसलाई व्यवस्थित–वैज्ञानिक व्याख्या र कार्यान्वयन गर्ने आदर्श अर्थात् माक्र्सवाद लेनिनवाद माओवादलाई पथप्रदर्शक सिद्धान्तका रूपमा ग्रहण गरेर सञ्चालन गरिने जनयुद्धलाई आतङ्कका रूपमा व्याख्या गर्नु, प्रमाणित गर्ने प्रयत्न गर्नु तिनको धर्म हो । सोही धर्म निर्वाह गरेर कहिले वामपन्थी मुखुन्डो भिरेका प्रदीप नेपाल आए त कहिले खगेन्द्र सङ्ग्रौलाहरू, कहिले गोविन्दराज भट्टराई आए त कहिले ‘पल्पसा क्याफे’ लिएर नारायण वाग्ले, नारायण ढकाल र गोविन्द वर्तमानहरू । यिनीहरू माओवादी आदर्शविरुद्ध कतै आफैँं आए त कतै छापामार युद्ध नै नगरेकी तारा राईहरूलाई छापामार युवतीका नाममा अघि सारे । सारमा यिनको उद्देश्य महान् आस्था र विश्वासमा अडिएको, महान् छलाङ मार्दै अघि बढिरहेको जनयुद्धलाई भ्रष्टीकरण गर्नु नै थियो । जगदीश घिमिरेको अन्तरमनको यात्राका कतिपय अंश र सकसका कयौँ अंश यसैमा केन्द्रित छन् । सारमा सकस राजनीतिका माध्यमले यसको विकसित र परिवर्तित स्वरूपलाई सहन, स्वीकार्न र अवलम्बन गर्न नसक्नेहरूका तर्फबाट जगदीश घिमिरेलाई माध्यम बनाएर अभिव्यक्त गरिएको सामूहिक प्रलाप हो ।

सकस नेपाली समाज, राजनीति, जनजीवन, संस्कृति र आचारविचारमा भएको मूल्य विघटनको आख्यान हो । समाजलाई हेर्ने, बुझ्ने र बदल्ने द्वन्द्ववादी दृष्टिकोणको अभावका कारण यसमा जगदीशले इतिहासदेखि वर्तमानसम्मका सम्पूर्ण राजनीतिक–सामाजिक घटना–परिघटनालाई विशेषतः नकारात्मक रूपले प्रस्तुत गरेका छन् । संसारलाई बुझ्नेभन्दा बदल्ने कुरा महत्वपूर्ण हो र आवश्यकता पनि त्यही हो भन्ने कुरा नबुझेर वा बुझपचाएर जगदीशले सकसमा चारैतिर अन्याय, बलात्कार, वितृष्णा, समाप्ति र क्षय मात्र देखाएका छन् । समाज र विचारलाई अंशअंशमा टुक्र्याउने र सङ्गठित भएर शक्ति बन्न नदिने उत्तरआधुनिकतावादी चिन्तनका कारण पनि उनले यसो गरेको हुनसक्छ । साम्राज्यवादले एनजीओ–आईएनजीओहरूको माध्यमले समाजलाई विघटित र तहसनहस गराउन फैलाएको भ्रमलाई अन्तिम सत्यका रूपमा प्रस्तुत गरेर जगदीशले सकसका माध्यमबाट वर्गसङ्घर्षलाई निषेध गर्ने क्रान्तिविरोधी चिन्तन प्रस्तुत गरेका छन् । वर्गसङ्घर्षलाई गौण, अतिशयोक्तिपूर्ण र विकृत बनाउनु अनि त्यसका विरुद्धका सम्पूर्ण हर्कतलाई कहीँ झिनो स्वरले त कहीँ ठूलो स्वरले समर्थन गर्नुले यसलाई प्रमाणित गर्छ ।

कथावस्तु

सकसमा नेपालको अढाइ सयबर्से राजनीतिक घटनापरिघटना छन् । पृथ्वीनारायण शाहको राज्यविस्तार अभियानदेखि भीमसेन थापा, बहादुर शाह, राजेन्द्रलक्ष्मी, रणबहादुर शाह, गीर्वाणविक्रम, त्रिभुवन, महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र शाहसम्मका सत्तासीन पात्र र उनीहरूसँग सम्बद्ध राजनीतिक घटनाहरू छन् । प्रतिक्रियावादी सत्ताको लुछाचुँडीका कथाहरूलाई धुरी बनाइएको छ तर जनताले गरेका विद्रोह, युद्ध र आन्दोलनहरूलाई कम आँकिएको छ । फ्ल्याक्स ब्याकमा मल्ल राजाहरू छन् । थापा, पाण्डे र कुँवरहरू छन् र छन् चौतारियाहरू । जङ्गबहादुर र तिनका शाखासन्तान छन् । तिनले राज्य विस्तार र सत्ता प्राप्तिका लागि गरेका प्रयास, लडाइँ र घातप्रतिघातहरू छन् । कम छ त जनताले काटेको कहर र सङ्घर्ष । १९९७ सालको सहिद काण्ड, कृष्णलाल अधिकारी र मकैपर्व, जयतु संस्कृतम्, ०७ सालको घटना, दिल्लीसम्झौता, ०१७ सालको ‘कू’, ०२८ सालको झापा विद्रोह, ०३६ सालको जनमतसङ्ग्रह, ०४६ सालको जनआन्दोलन र ०५२ सालबाट आरम्भ भएको माओवादी जनयुद्ध हुँदै ज्ञानेन्द्रको ‘कू’, संसदीय वितण्डा, ०६२–६३ सालको जनआन्दोलन र बाबुराम भट्टराईको नेतृत्वको सरकारसम्मको कथावस्तु विभिन्न प्रसङ्गमा विभिन्न पात्रहरूबाट कहीं सिलसिलाबद्ध र कहीँ फ्ल्याक्स ब्याकका रूपमा आउँछ । तर परिवेश, कथा, घटना, प्रवृत्ति, पात्र सबैलाई आफ्नो अनुकूलतामा उभ्याउने र प्रस्तुत गर्ने उनको शैली यहाँ पनि उस्तै छ ।

माक्र्सवादविरोधीहरूले त मालेमावादी युद्धलाई आतङ्क देख्नु स्वाभाविक नै थियो किनकि सामन्तवाद र पुँजीवादले सर्वहारावर्गमाथि लादेको श्वेतआतङ्कका विरुद्ध त्यो लालआतङ्क नै थियो । त्यसले गाउँका श्रमजीवी किसानदेखि सहरका मेहनतकस मजदुरसम्मको अर्थात् समग्र सर्वहारावर्गको जीवन मुक्तिको योजनासाथ दीर्घकालीन सशस्त्र सङ्घर्ष सञ्चालन गरेको थियो ।

इतिहासका हरेक घटनाक्रमलाई हेर्ने जगदीशको आफ्नै दृष्टिकोण छ अर्थात् आदर्शवादी दृष्टिकोण । पृथ्वीनारायण शाह र उनको राज्य विस्तार अभियानप्रति उनको अत्यन्तै सकारात्मक धारणा पाइन्छ । उनले त्यसलाई राज्यविस्तारका रूपमा नभएर नेपालको एकीकरणकै रूपमा व्याख्या गरेका छन् । कथा आरम्भ गर्ने घटनामा देखिएको एनजीओ र त्यसले गरेका काम हेर्दा लेखककी पत्नीले खोलेको एनजीओको झलक आउँछ । काठमाडौँको एनजीओबाट आरम्भ भएको कथा बीचबीचमा लेखकले रामेछापमा खोलेको एनजीओलाई आदर्शीकरण गर्दै फेरि लेखककी पत्नीजस्तै लाग्ने पात्र देवीको एनजीओको सेरोफेरोमा सकिन्छ ।

नेपालको राजनीतिक इतिहासका आरोहअवरोहपूर्ण घटनालाई जीबा नामका पात्रबाट बोलाएका छन् लेखकले । तिनै जीबाले पालेको शरद नामको पात्रले सोध्ने र जीबाले उत्तर दिने क्रममा इतिहास र घटनाहरू बाहिर आउँछन् । एउटा ड्राइभरसँग ‘पोइला’ हिँडेकी शरदकी आमा मनमाया ड्राइभरको पेट बोकेर जीबाको घरमा डेरा बसेकै समयमा ड्राइभरले धोका दिएपछि बागमतीमा हामफालेर आत्महत्या गरेको र धर्मपुत्रका रूपमा जीबाले पालेको अवस्थामा शरदले जीबाको स्याहार गर्दै टेपरेकर्ड गराएको कथाका रूपमा अधिकांश कथा प्रस्तुत भएको छ । त्यो कथा पनि उसको नोटबुक शरदकी श्रीमती कुमारीबाट आख्यानकारले फेलापारेपछि त्यसले ‘सकस’ को स्वरूप पाएको देखिन्छ । जे होस्, सकसको कथा नेपाली समाजकै कथा हो र लेखकका केही आग्रह, सीमा र समस्यालाई छोडिदिने हो भने नेपाल र नेपालीले अढाइ सय वर्षदेखि भोग्दै, बाँच्दै, बेहोर्दै आएको सकसपूर्ण जीवनको अभिव्यक्ति हो । तर कथामा कयौँ ठाउँमा लेखकको आग्रह देखिन्छ । इतिहासका कयौँ घटना सत्य र कयौँ अतिशयोक्तिपूर्ण लाग्छन् । कतै इतिहास पढेझैँ र कतै तिलस्मी कथा पढेझैँ । इतिहासका घटना, पात्र र तथ्यहरू इतिहासकारबाट पुष्टि गराएको उनको मौखिक भनाइलाई सत्य मान्ने हो भने ‘सकस’ ले प्रस्तुत गरेका ०७ सालअघिका घटनावलीले धेरै तथ्य र रहस्यहरू खोल्छन् । तर पाठकलाई इतिहास पढिरहेको छु कि आख्यान भन्ने भ्रम उत्पन्न भइरहने हुँदा त्यो द्विविधा हटाउन मुस्किल पर्छ । ०७ सालको राजनीतिक घटना, ०२८ सालको झापाविद्रोह, ०३६ सालको विद्यार्थीआन्दोलन र जनमतसङ्ग्रह, ०४६ सालको आन्दोलन र ०५२ सालमा जनयुद्ध सुरु गर्नुपर्नाका कारण, ०६२–०६३ सालको आन्दोलनअघि राजतन्त्रले बोकेको सामन्तवादी आधारसत्ता समाप्त पार्न जनयुद्धले निर्वाह गरेको भूमिका, जनयुद्धको व्यापक आयाम राष्ट्रिय–अन्तर्राष्ट्रिय आन्दोलन–चेतनामा पारेको प्रभाव– जनयुद्धमा जनताले गरेको त्याग, योगदान र जनयुद्धका क्रममा नेता, कार्यकर्ता, जनसेनाले निरन्तर लडेको न्यायपूर्ण लडाइँ आदिका बारेमा लेखक कतै ‘बायस’ छन्, कतै मौन छन्, कतै आग्रही छन् र कतै सतही । उनको चिन्तनले जनयुद्धलाई महान् भनेर स्वीकार्न नसके पनि पुरानो सत्ता, चिन्तन, संस्कृति र प्रवृत्तिको अन्त्य र नयाँ चेतना वृद्धिका लागि निर्वाह गरेको भूमिका, अझ विशेषगरी पुरातन चिन्तनले विपन्न वर्ग महिला, दलित, मधेसी, विकट भूगोललगायतमाथि लादेको बर्बरता, शोषण, दमन, र अत्याचारका विरुद्ध फैलाएको विद्रोही चेतनामाथि सापेक्ष न्याय मात्र गर्न सकेको भए पनि उनका अन्य सीमा, समस्या र आग्रहप्रति केही आँखा चिम्लिने ठाउँ रहन्थ्यो । पछिल्लो चरणमा जनयुद्धमा लामबद्ध माओवादीका स्थानीय कार्यकर्ता आकाश तथा बारुद र जेलमा भेटिएका जवाँमर्द भनिएका माओवादी युवकप्रतिको दृष्टिकोण तथा माओवादी एजेन्डाहरूको सकारात्मक चर्चा नभएको भए लेखकले न्याय र मुक्तिका लागि लडेका माओवादी र जागिर जोगाउन लडेका राजतन्त्रका दास प्रहरी वा शाहीसेनाबीचको अन्तरमा फरक छुट्ट्याउन नसकेको ठहथ्र्यो । कथामा राज्यपक्षले विद्रोही माओवादीलाई गरेको दमन, यातना, प्रताडना, बर्बरता, सास्ती, हैरानी र त्यसबाट उत्पन्न प्रतिक्रिया, शक्ति र पुनः विद्रोहका रूपमा भएको रूपान्तरणको जति वैज्ञानिक प्रस्तुति हुनुपथ्र्यो, त्यो हुन नसक्दा श्रमजीवी जनताको मुक्तिका लागि युद्ध लडेर आएका माओवादी कार्यकर्ताले लेखेको एउटा सफल संस्मरण भन्दा उनको चित्रण र प्रस्तुति धेरै हलुका बन्न गएको प्रतीत हुन्छ । अझ माओवादीले राज्य पक्षका नेता–कार्यकर्ता, सरकारी सुरक्षाकर्मी र आमजनताप्रति गरेको व्यवहार अतिशयोक्तिपूर्ण ढङ्गले न्यूनीकरण वा भ्रष्टीकरण गरेर प्रस्तुत गरिँदा लेखक कि माओवादी र जनयुद्धप्रति पूरै आग्रही छन्, कि त त्यसबारेमा उनलाई सतही ज्ञान मात्र छ भन्ने पुष्टि हुन्छ ।

जनयुद्धभर सामन्तवाद र पुँजीवादका मतियार र पृष्ठपोषकहरूले राज्यसत्तासँगै मिलेर जनयुद्धलाई दबाउन न्वारानदेखिको बल लगाए । ठूलो क्षति पनि पुर्याए । आफ्नो वर्गको रक्षाका लागि तिनले ठूलो जोखिम पनि मोले । प्रतिक्रियावादी सत्ताका राजनीतिक रक्षकहरूले झैँ साहित्यिक रक्षकहरूले पनि त्यो वर्गको रक्षाका लागि निरन्तर लेखिरहे, लागिरहे ।

०३६ सालको विद्यार्थी आन्दोलन, जनमतसङ्ग्रह, जनयुद्ध आरम्भ गर्नुपर्ने कारण, बीचमा भएका वार्ता, दिल्लीमा भएको १२ बुँदे समझदारी र माओवादी नेताले युद्धकालमा सेल्टरका रूपमा भारतीय भूमि प्रयोग गरेको सन्दर्भमा लेखक आग्रही बनेका छन् । जनयुद्धको समयमा राज्यपक्षले गिरफ्तार गरेका केही नेताकार्यकर्ता गलेर फतक्क भएको र दुस्मनका तर्फबाट हिरासतमा आफ्नै कमरेडहरूलाई बयान लिएको सन्दर्भ सत्यको धेरै नजिक छ र आस्था जोगाएर आदर्शमा टिकिरहेका जवाँमर्द भनिएका माओवादी कार्यकर्ताका माध्यमबाट झिल्काकै रूपमा भए पनि लेखकले क्रान्तिप्रति प्रतिबद्ध योद्धाहरूको उच्च सम्मान व्यक्त गरेका छन् । तर रामेछाप जनसरकार घोषणा गर्दाका प्रमुख अतिथि बनेका रीतबहादुर खड्कालगायत क्रान्तिकारी पात्रहरूका बारेमा बेखबर हुनुमा उनको योजनाबद्धता देखिन्छ ।

पात्रहरू

शरद ‘सकस’ को केन्द्रीय पात्र हो । जीबा समग्र ‘सकस’ का आख्यानकार हुन् । कुमारी शरदकी श्रीमती र नेपाली समाजमा द्वन्द्वको मार भोग्ने एक प्रतिनिधि नारी पात्र हो । लेखकले शरद र कुमारीलाई घुमाइफिराइ काठमाडौँको एनजीओदेखि मन्थलीको एनजीओ हुँदै जनकपुरको नर्सिङहोम पुग्दासम्म अनेक हन्डर र ठक्कर ख्वाएका छन् र मन्थलीको एनजीओबाट माओवादीलाई चन्दा दिएको आरोपमा राज्यले कठोर मानसिक यातना दिएपछि जनकपुर गएको र त्यहाँ पनि सशस्त्र मधेसी समूहले अपहरण गरेर बेपत्ता बनाएपछि फिरौतीमा छुट्नासाथ क्रमशः मानसिक सन्तुलन गुमाउनुपरेको अवस्था चित्रण गरेका छन् । आवरणमा आफन्तझैँ देखिने जनकपुरका लालजस्ता पात्रहरूले शरद–कुमारीकी छोरी शान्तिलाई गरेको बलात्कारको रहस्य, भित्रभित्रै शरदलाई गर्न लगाएको अपहरण र पछि कुमारीलाई नै बलात्कार गर्न लागेको घटनाले भने महिलामाथि सामन्ती तथा पुँजीवादी चिन्तनले प्रभावित पुरुषप्रधान समाजको निकृष्ट चिन्तन र व्यवहारलाई प्रस्ट पार्छन् । कुमारीले आफ्नो नजिक देखिने तर भित्रभित्रै शरदलाई अपहरण गर्न लगाउने, शान्तिलाई बलात्कार गर्ने र आफूलाई यौनदासी बनाउन खोज्ने मधेसी नेता लालको हत्या गरेर विद्रोह त गराएका छन् तर नायक शरदलाई पागल बनाएर र कुमारीलाई छोरी एनजीओमा जिम्मा लगाएर अज्ञात स्थलतर्फ हिँडाएर विद्रोहको विकल्प समाप्त पारिदिएका छन् । उता जनयुद्ध लडिरहेका इमानदार कार्यकर्ता आकाश, बारुद, ज्वाला, मदन, जवाँमर्द भनिएका कैदीको त्याग, साहस, योगदान, बलिदान अनि तिनको भविष्यबारे कुनै चर्चा नगर्नु र कथाका सूत्रधार शरद र कुमारीलाई पनि पलायन गराउनुले आख्यानकार घिमिरेले समाजमा मूल्यहरूको विघटन, पलायन, हिंसा, द्वन्द्व र निराशा मात्र देखाएर यसबाट निकास सम्भव छैन वा हुँदैन भन्ने गलत सन्देश दिन चाहेको देखिन्छ । तर वास्तविकता त्यस्तो होइन । समाजमा व्यभिचार, शोषण, दमन, छिनाझपटी, धोकाधडी, अत्याचार, बलात्कार, विखण्डन आदि भएकैले विगतमा पनि आन्दोलन, विद्रोह र युद्धहरू भएका हुन् र ती समाप्त भएर नयाँ, समानतामूलक समाज निर्माण नभएसम्म वर्गसङ्घर्ष, जनयुद्ध, जनविद्रोह, जनक्रान्ति जारी रहन्छ । लेखकले यो सत्यलाई छिपाउन चाहेका छन् । राजनीतिक आन्दोलनबाट, वर्गसङ्घर्षबाट फेरिन नसकेको समाज साम्राज्यवादी योजनामा सञ्चालित एनजीओको कनिका छर्ने र विद्रोहबाट मानिसलाई बिमुख बनाउने षड्यन्त्रबाट सम्भव हुन्छ भन्ने भ्रम छर्नु लेखकको गम्भीर त्रुटि र योजनाबद्ध अभियान हो । लेखकले आफूले सञ्चालन गरेको एनजीओले गरेको कामको बखान जुन ढङ्गले गरेका छन्, सत्य र गहिराइमा त्यसको प्रभाव त्यस्तो छैन भन्ने यथार्थ खुकुरीको चोट सहेको अचानोलाई मात्र थाहा छ । समाजसेवाका नाममा साम्राज्यवादी लगानी र उद्देश्यमा खोलिएका यस्ता एनजीओ÷आईएनजीओले समाजलाई बिखण्डित, विभ्रमित पार्न र आन्दोलनबाट विमुख बनाउन गरेको षड्यन्त्र प्रभावित पक्षले मात्र सहजै महसुस गर्न सक्छ । लेखकले आख्यानमा महिमामण्डित गरेको एनजीओले पारेको खास प्रभाव रामेछापाबासीलाई मात्र थाहा छ ।

एमालेका नेतासमेत रहेका प्रदीप नेपालले आकाशगङ्गाको तीरैतीर नामको उपन्यास, खगेन्द्र सङ्ग्रौलाले जूनकीरीको सङ्गीत शीर्षक उपन्यासका माध्यमले, विष्णुविभु घिमिरेहरूले द्वन्द्वका कथा शीर्षकमा द्वन्द्व र युद्धलाई भ्रष्टीकरण गरेर र अन्य कयौँले सिर्जनाका विभिन्न माध्यमबाट जनयुद्धको महानता, गरिमा, ओज र भव्यतालाई हियाउने कोसिस गरे ।

समाज आज जे बनेको छ, त्यो सङ्घर्षकै कारण बनेको हो । कृष्णलाल र मकैपर्व, धरणीधरको जागरण कविता, ०९७ सालको सहिदकाण्ड, जयतुसंस्कृतमलगायत आन्दोलन नभएका भए ०७ सालको आंशिक परिवर्तन पनि सम्भव थिएन । ०१७ सालको नकारात्मक घटनाकै कारण ०२८ सालमा झापामा सामन्तवादविरुद्ध हतियार उठेको थियो । ०३६ सालको चेतनाको जगमै ०४६ सालको आन्दोलन सम्भव भएको थियो । जनताले गरेको आन्दोलनको लाभ केही समूह र व्यक्तिहरूले लिएर जनतामाथि धोका दिएकै कारण ०५२ सालमा हतियार उठेको हो । ०६२–०६३ सालको आन्दोलनका उपलब्धिहरूलाई समेत केही व्यक्ति र समूहले आफ्नो स्वार्थमा भँजाएर जनतालाई फेरि तिरस्कार गरेकाले अर्को विद्राह÷क्रान्तिको जग निर्माण हुँदैछ । राज्यसत्ताले, पार्टीहरूले जनतालाई उपयोग गर्दै फेरि अन्यायअत्याचार लादिरहेको कुरा सत्य हो तर जनता चुप लागेर बसेको वा लेखकले देखेझैँ निराश र पलायन भएको अवस्था सत्यको नजिक छैन । इतिहासबाट पाठ सिक्दै, इतिहासका उपलब्धिहरूको रक्षा र विकास गर्दै थप उपलब्धिहरू हासिल गर्न जनता पुनर्सङ्गठित हुँदै गरेको अवस्था छ । घिमिरेले आख्यानमा कतै पनि यो अवस्थाको चर्चा वा सङ्केत गरेका छैनन् । अरू सफल युद्ध र विद्रोह हुन सक्छन्, हुनुपर्छ र त्यो सम्भव छ भन्नेतर्फ लेखकले जानीजानी बुझपचाएर वा सीमावश उल्लेख गरेका छैनन् । त्यसले आख्यानलाई अत्यन्त कमजोर, निराशावादी र उत्तरआधुनिकवादीहरूको मिसनअनुकूलको बनाइदिएको छ ।

जीवन सङ्घर्षैसङ्घर्षको माला हो भन्ने लेखकलाई भलिभाँती थाहा छ । अनेक हन्डर, ठक्कर र कहिलेकहीँ सुख–आनन्दको समेत उपभोग गराएर लेखकले विभिन्न पात्रहरूका माध्यमद्वारा त्यसलाई पुष्टि पनि गराएका छन् । मल्लकाल, शाहकाल, राणाकाल, त्यसपछिका राजनीतिक आरोहअवरोह हुँदै वीरेन्द्र वंशनाश, ज्ञानेन्द्रको उदय र पतनका घटना होऊन् वा यो राजनीतिक घटनासँग सम्बन्धित शासकका मतियार र अन्य विभिन्न ऐतिहासिक र जनजीवनका पात्रहरू, ती सबै पहिले सामान्य अवस्थामा छन् । ती बिस्तारै विभिन्न माध्यमबाट सत्तानजिक, सत्ताको केन्द्रमा पुग्छन् र फेरि कालान्तरमा आफैँले गरेका सुकर्म वा कुकर्मका कारण पुरस्कृत वा दण्डित हुन्छन् । आख्यानकारले पृृथ्वीनारायणदेखि प्रतापसिंह, बहादुर शाह, भीमसेन थापा, राजेन्द्रलक्ष्मी, रणबहादुर, कान्तवती, गीर्वाण, जङ्गबहादुर राणा, बीपी, गणेशमान, सुवर्णशमशेर, मातृका, कृष्णप्रसाद, गिरिजा, पुष्पलाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराईलगायत पात्रको प्रयोग गर्दै कहिले सत्ता र कहिले सडकको बास देखाएका छन् भने शरद र कुमारीलाई किन पलायन र अज्ञात बनाउनुपरेको थियो ? साह्रा हन्डर र ठक्कर खाएर इस्पात बन्दै गएका पात्रहरूलाई पलायन गराउनुको पछाडि लेखकको निहितार्थ छ । अनुभव र सङ्घर्षबाट आर्जित चेतनालाई प्रयोग गरेर मानिसले नयाँ समाज र जीवन निर्माण गर्छ भन्ने ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी आधारमा टिकेको माक्र्सवादी विज्ञानबाट लेखकले पृथक् बस्न वा त्यसलाई निधेष गर्न चाहेका छन् । जनयुद्धका क्रममा आन्दोलनको नेतृत्व गरेका नेता, कार्यकर्ता मात्र नभएर सहयोगी, शुभचिन्तक, समर्थकदेखि जनतासम्मको त्याग, योगदान र तिनले खेपेको राज्यको कहर न्याय चाहने नेता र जनतामाथि राज्यले लादेको आतङ्कका विरुद्ध विद्रोहको चर्चा कम गर्ने तर एनजीओको कार्यकर्ताबाट चन्दा लिएको विषयलाई मूल कथा बनाउने लेखकको उद्देश्य नै खोटपूर्ण छ ।

सकस नेपाली समाजका विसङ्गति र विकृतिहरूमाथिको निर्मम प्रहार हो तर विकल्परहित । यो घोर निराशाको सौन्दर्यशास्त्र पनि हो । वर्गसमाजमा वर्गसङ्घर्षबाट प्राप्त समाजवाद र साम्यवादको विकल्प पुँजीवादी समाज कदापि हुन सक्तैन । पुँजीवाद अघाएकाहरूका लागि प्रजातन्त्र हो, लोकतन्त्र हो, ‘रामराज्य’ हो ।

रणबहादुरको आदेशले चारभन्ज्याङ कटाइएका कर्मलाल र लालमतीहरूले त्यस्तो वियोग, अपमान, अनिश्चित र कष्टपूर्ण जीवन बाँचेर पनि जीवनसङ्घर्ष गरेर फेरि स्थापित बनेको देखाउनसक्ने वा बाध्य हुने लेखकले जेल परेका र सङ्घर्ष गरिरहेका माओवादीको साथ, सङ्गत, विचार र प्रशिक्षण पाइसकेको शरद र यौनपिपाशु तथा षड्यन्त्रकारी लालको हत्या गरेर विद्रोह गरिसकेकी कुमारीलाई किन पागल र पलायन वा अज्ञात गराउनु परेको थियो ? संसार बुझिसकेको शरद, धोका खाइसकेकी कुमारी, लडाइँं लडेर इस्पात बनिसकेका रीतबहादुर, आकाश, ज्वाला, मदन, बारुद, जेल परेको जवाँमर्द योद्धा तिनका आदर्श बन्न किन सकेनन् ? किनकि लेखकले जनयुद्धकालमा गरेको जनसरकार घोषणा, गाउँमा गरेका केही जनकारबाही र चन्दाकै विषयलाई लिएर त्यसप्रति घोर वितृष्णा फैलाउन आफ्ना अगुवा पात्रहरूलाई सिकाएका छन् र आफूले अनाहकमा राज्य र सशस्त्र मधेसी समूहबाट पाएको अत्याचारको प्रतिशोधमा वर्गसङ्घर्षमा एकाकार हुने, नेतृत्व लिने सम्भावना हुँदाहुँदै पलायन र समाप्त पारिदिएका छन् । यो समाज, कथा, पात्र र उनको कृतिप्रतिकै घोर अन्याय र अपमान हो । यो क्रान्तिको समस्या नभएर दलाल पुँजीवाद र साम्राज्यवादको समस्य हो । लेखक यहीँ कतैबाट निर्देशित र परिचालित भएका छन् ।

लेखकले सोचेको हुनसक्छ, त्यत्रो १५–१५ हजार योद्धा र जनताको बलिदानको नेतृत्व गरेका पुष्पकमल–बाबुरामहरू त सत्तामा बिके भने अरू बाबुरामहरूले अब के गर्लान् ? तर त्यो सरासर गलत हो ! पुष्पकमल–बाबुरामहरू तिनै सहिदको रगत र जनताको त्यागबाट बनेका हुन् । जनतालाई धोका दिएर व्यक्ति र गुटको स्वार्थका लागि विद्रोहबाट भाग्नेहरू आज वा भोलि समाप्त हुन्छन् । लेखकले नै आख्यानको ठाउँठाउँमा माक्र्स लेनिन, पुष्पलाल, बीपीहरूको योगदानको उचित स्मरण गरेका छन् । उनीहरू आफ्नो लक्ष्यप्रति प्रतिबद्ध भएर जीवनभर लागिरहे । लक्ष्य पूरा नहुँदै बिते, स्मरणीय भए । तर पुष्पकमल, बाबुराम र गिरिजाहरू त आफ्नो लक्ष्यसम्म नपुगीकनै लाखापाखा लागे र इतिहासका नकारात्मक वा खलपात्रहरूका रूपमा स्थापित बने । यिनले बिराएको बाटो लिकमा ल्याउन तिनले अपमानपूर्ण विघटन र अयोग्य घोषणा गरेका जनमुक्ति सेनाका योद्धाहरू सङ्गठित भइरहेका छन् र देशभर विद्रोहको आगो सल्किरहेको छ । बाबुराम–प्रचण्डहरूले हिजो शत्रु भनेर लडेकाहरूसँग आज मितेरी लगाए पनि करोडौँ जनता त्यसका विरुद्ध विद्रोहको झन्डा उचालिरहेका छन् । देश, जनता, र क्रान्तिका विरुद्ध भएका सम्झौता, समझदारी, सन्धि र धोकाधडीलाई आँखा चिम्म गरेर कहाँ बसेका छन् ? जनतामाथि षड्यन्त्र गर्ने शासक वा नेताहरू कहाँ टिकेका छन् ? छन् भने प्रताप मल्ल, पृथ्वीनारायण, जङ्गबहादुर, रणबहादुर वा महेन्द्रहरू आजसम्म शासक नै हुनुपथ्र्यो । ज्ञानेन्द्रले सत्ता छोडेर हिँड्नुपर्ने थिएन । इतिहास र संसार भोग्ने र बुझ्ने मात्र होइन, बदल्ने विषय हो । त्यो जानेबुझेका भोगेका, इमानदार राजनीतिक व्यक्तिहरूबाट मात्र सम्भव छ । शीघ्र विजयका लालसी र उपभोक्तवादीहरू छिट्टो सत्ताभोग गर्न चाहन्छन् । काङ्ग्रेस छोडेर पञ्चायत पस्नेहरू पनि थिए । आज युद्धको बाटो छोडेर सम्झौतावादी, अवसरवादी, सुविधाभोगी बनेका पुष्पकमल–बाबुरामहरू पनि त्यस्तै छन् । अझ लगानी नै नगरी ब्याज खान पल्केका नारायणकाजीहरूको कथा त त्यति नै घिनलाग्दो छ । निम्नपुँजीवादी चिन्तनले ओतप्रोत बाबुराम–प्रचण्डहरू चरक्क घाम लाग्नासाथ टिनजस्तै ताते र घामलाई एकछिन बादलले ढाक्नासाथ स्वाट्टै सेलाएजस्तै सेलाए । उता भारतीय शासकसमक्ष जीवनको भीक मागे र यता जनतालाई विस्तारवादका विरुद्ध सुरुङयुद्ध गर्न उक्साए । देशभक्ति र जनतन्त्रका माग राखेर युद्ध आरम्भ गरे, पछि बिप्पा गरेर सत्तामा टाँसिए । यो अवस्था अन्तिम होइन, गद्दारहरूले भुइँमा फ्याँकेको क्रान्तिको झन्डा बोकेर दगुर्न क्रान्तिकारीहरू लामबद्ध बनिसकेका छन् । जगदीशले वर्गसङ्घर्षको यो उज्यालो पक्षका झिल्काझिल्कीहरू पनि उल्लेख नगर्नु उनको आख्यानको सीमा हो । मुलुकको पछिल्लो राजनीतिक घटनाबाट उनी टाढा छैनन् । दक्षिणपन्थी नवसंशोधनवादीहरूलाई इतिहासको कठघरामा उभ्याएर क्रान्तिकारीहरूले विद्रोह गरिसकेका छन् र नयाँ विद्रोहको उद्घोष गरिसकेका छन् ।

समाजमा वर्गको, वर्गसङ्घर्षको, त्यसले स्थापना गर्ने समाजको, त्यसलाई व्यवस्थित–वैज्ञानिक व्याख्या र कार्यान्वयन गर्ने आदर्श अर्थात् माक्र्सवाद लेनिनवाद माओवादलाई पथप्रदर्शक सिद्धान्तका रूपमा ग्रहण गरेर सञ्चालन गरिने जनयुद्धलाई आतङ्कका रूपमा व्याख्या गर्नु, प्रमाणित गर्ने प्रयत्न गर्नु तिनको धर्म हो । सोही धर्म निर्वाह गरेर कहिले वामपन्थी मुखुन्डो भिरेका प्रदीप नेपाल आए त कहिले खगेन्द्र सङ्ग्रौलाहरू, कहिले गोविन्दराज भट्टराई आए त कहिले ‘पल्पसा क्याफे’ लिएर नारायण वाग्ले, नारायण ढकाल र गोविन्द वर्तमानहरू । यिनीहरू माओवादी आदर्शविरुद्ध कतै आफैँं आए त कतै छापामार युद्ध नै नगरेकी तारा राईहरूलाई छापामार युवतीका नाममा अघि सारे । सारमा यिनको उद्देश्य महान् आस्था र विश्वासमा अडिएको, महान् छलाङ मार्दै अघि बढिरहेको जनयुद्धलाई भ्रष्टीकरण गर्नु नै थियो । जगदीश घिमिरेको अन्तरमनको यात्राका कतिपय अंश र सकसका कयौँ अंश यसैमा केन्द्रित छन् ।

निष्कर्ष

क्रान्ति र परिवर्तन जगदीश र उनको आख्यानको अभीष्ट होइन, न त जनयुद्धका उपलब्धिहरूको रक्षा र नयाँ प्राप्तिका लागि सङ्घर्ष नै । उनको अभीष्ट त दलाल पुँजीवादको विनासको चिन्ता हो र हुटिट्याउँले सगर थाम्छु भनेर आकाशतिर खुट्टा उचालेजस्तै हो । त्यसैले कुकुरले बाघ मारेन भनेर गुनासो गर्नुको कुनै अर्थ रहँदैन । जगदीशको कलम उदार पुँजीवादी व्यवस्थाको पक्षपाती हो । त्यसैले उनले समाजमा वर्ग, वर्गसङ्घर्ष जारी रहेको देख्ने र त्यसलाई सङ्घर्षकै माध्यमबाट हल गर्ने उपाय सुझाउँछन् भनेर आशा गर्नु मूर्खतापूर्ण हुन्छ । उनीबाट सम्भव हुने भनेको यथार्थको सटिक र यथाथस्थितिवादी चित्रण नै हो । उनको आफ्नो वर्ग र रुचिअनुसार त्यो गर्ने प्रयास गरेका छन् । समाजमा विद्यमान यथार्थलाई नवीन र सुन्दर यथार्थमा बदल्ने काम यथास्थितिवादीको होइन, माक्र्सवादी–क्रान्तिकारीहरूको हो । उदार पुँजीवादी चिन्तकको रचनाबाट क्रान्तिको अपेक्षा गर्नु सुहाउने कुरा पनि होइन । यो सत्य हो, जगदीश स्थापित लेखक हुन् । एक जमानामा सत्य लेखेर स्थापित बनिसकेपछि लेखनबाट केही ओझेल परेका जगदीश केही कृति र स्तम्भका माध्यमबाट लेखिनक्षेत्रमा सुषुप्त तर जीवित थिए । २०६४ सालमा रोगबाट पुनर्जीवन पाएपछि वेदना, करुणा, अनुभूति र यथार्थ समेटिएको कृति अन्तर्मनको यात्राबाट जागे । यथास्थितिवादी संस्थाहरूले उनलाई झन् धुरी बनाइदिए । उनलाई धुरी बनाउनुपछाडि उनीहरूको अपेक्षा थियो, उनले आफ्नो वर्गको रक्षाका लागि अझै केही लेखून्, अझै केही गरून् । उनलाई शिखण्डी बनाएर आफ्ना कुरा भनाउने प्रतिक्रियावादी वर्ग र त्यस वर्गका स्रष्टाहरूको अन्तर्य पनि बुझ्न सकिन्छ । नभन्दै उनले त्यो वर्गको अस्ताउँदो सत्ता रक्षाका लागि फेरि कलम चलाए । ‘सकस’ तयार भयो । सकसको व्याख्या गर्दै यथास्थितिवादी समालोचक प्राध्यापक डा. अभि सुवेदीले भनेजस्तै यो आख्यानको कुनै सन्देश वा निकास वा टुङ्ग्याउनी छैन । यो घोर निराशाको गीता हो ।

‘सकस’ मा केही इतिहास, केही वर्तमान छ । विराट तर अस्तव्यस्त आख्यान छ । जनताका पक्ष र विपक्षका पात्र र कथाहरू छन् । लेखकको आग्रह छ । जीवनदर्शन छ । केही सत्य छ, केही असत्य अनि सीमासहितको सत्य । उनको भाषा, शैली र शब्दहरू सरल, सरस र जादुगरीपूर्ण छन् । नभएको कुरालाई पनि होजस्तो पार्ने र भएको कुरा पनि होइनजस्तो पार्ने क्षमता छ । आख्यान विशृङ्खल र पट्ट्यारलाग्दो भए पनि पाठकहरू अल्मल्याउनसक्ने अद्भुत क्षमता छ । मूल्यहरूको स्थापनाको न्यूनीकरण र विघटनलाई केन्द्र वा उद्देश्य बनाउनु उनको लेखनको मर्म हो । त्यसैले विविध कथा, विविध भूगोल, विविध घटना, विविध पात्र र चरित्रका माध्यमबाट जगदीशले ‘सकस’ तयार पारेका छन् । यो ‘सकस’ सतही रूपमा हेर्दा नेपाली आमजनजीवनले इतिहासदेखि भोग्दै आएको सकस पनि हो र सारमा मृत्युको बाटोतर्फ ओर्लिरहेको सामन्तवादी–दलाल पुँजीवादी सत्ताले बेहोरेको सकस पनि । क्रान्तिकारीहरूका लागि कम र पुँजीवादीहरूका लागि बढी सकसपूर्ण बन्दै गएको वर्तमान जटिलता, सङ्क्रमण र भद्रगोललाई जगदीशले आफ्नो दर्शनले वेष्टित बनाएर सकारात्मकतातिरभन्दा नकारात्मकतातिर डोहोर्याउने प्रयत्न गरेका छन् । यो आख्यान यथास्थितिवादीका लागि त्राण हो भने क्रान्तिकारीहरूका लागि नकारात्मकताबाट सकारात्मकता सिक्ने पाठ । उपन्यासकै माध्यमबाट भए पनि उनले आफ्ना सामन्ती पुर्खाहरूलाई महिमामण्डित गर्ने दुष्प्रयत्नसमेत गरेका छन् तर क्रूर सामन्तीहरू र सामन्तवाद कुनै एउटा बालकको हत्केलाले सूर्यको उज्यालो नछेकिएझैँ नकारात्मक रूपमा यो भूमिको बिर्सनलायक इतिहास बनिसकेको छ । मुखिया र जिम्मल बनेर स्थानीय श्रमजीवी किसानहरूको वर्तमान र भविष्य लुट्ने उनका बाउ–बाजेले यो भूमिमा मच्चाएको सामन्ती उद्दण्डता यहाँका उत्पीडितहरूको हृदयको किलो बनेर बसिसकेको छ ।

जे होस्, जगदीशले इतिहासदेखि वर्तमानसम्मका केही साक्ष्यहरूलाई विविध घटना, कला र पात्रका माध्यमद्वारा हामीमाझ ल्याइदिएका छन् । यो कृतिबाट क्रान्तिकारीहरूले कम र उत्तरआधुनिकतावादी, दलाल पुँजीवादीहरूले बढी लाभ उठाउनेछन् । पुँजीवादीहरूको अस्ताउँदो सत्तालाई टेको लगाउने गरी आएको ‘सकस’ ले सत्य र नवीन यथार्थको प्रकटीकरणका लागि माक्र्सवादी स्रष्टा र सौन्दर्यशास्त्रीहरूलाई भने अर्को कोणबाट झकझक्याउन उत्प्रेरित गर्नेछ ।

(करिब एक दशकअघि लेखिएको यो समीक्षा आवश्यकताले पुनः प्रकाशन गरिएको हो ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :