अन्नपूर्ण चिनी मिललाई मिथिला स्वायत्त जनपरिषद्को चेतावनी

अन्नपूर्ण चिनी मिललाई मिथिला स्वायत्त जनपरिषद्को चेतावनी

सर्लाही : लामो समयदेखि उखु किसानको उखुको मूल्य भुक्तानी नगरेर किसानलाई बिचल्लीमा पार्दै आएको सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी मिललाई नेकपा सम्बद्ध मिथिला स्वायत्त जनपरिषद्ले तत्काल रकम भुक्तानी दिन चेतावनी दिएको छ ।

अन्नपूर्ण चिनी मिलको प्रवेशद्वारमा जनपरिषद्ले चेतावनी दिँदै बुधबार टाँगेको ब्यानरमा ‘किसानहरूको उखुको बक्यौता भुक्तानी तत्काल गर, उखुको उचित मूल्य निर्धारण गर, किसानमारा दलालहरू होसियार’ नारा लेखिएको छ ।

कयौँ वर्षदेखि आफूले मिललाई बिक्री गरेको उखुको रकम नपाएको भन्दै किसानहरू जिल्लाजिल्लाबाट काठमाडौँ पुगेर आन्दोलन गरिरहेका छन् । कतिपय आन्दोलनकारी किसानको जाडोका कारण सडकमै मृत्यु भएको छ । तर सरकारले अहिलेसम्म किसानमारा उद्योगहरूलाई ताकेता गरेर किसानको रकम दिलाउनुको सट्टा आलटाल गर्ने र किसानलाई पीडा थप्ने काम गर्दै आएको छ ।

जनसत्ताले किसानको आन्दोलनलाई समर्थन गर्दै उक्त ब्यानर टाँसेको हो । चेतावनी दिँदा पनि रकम नदिने किसानमारा उखु मिललाई कारबाही गरिने जनसत्ताले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :