कास्कीका विभिन्न स्थानमा गिरफ्तारीविरुद्ध प्रदर्शन

कास्कीका विभिन्न स्थानमा गिरफ्तारीविरुद्ध प्रदर्शन

पोखरा : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्ताको गैरन्यायिक गिरफ्तारीका विरुद्ध कास्कीका विभिन्न ठाउँमा प्रदर्शन गरिएको छ । नेता कञ्चनको गिरफ्तारीको विरोध गर्दै नेकपा कास्कीले भित्तेलेखन, विरोध सभालगायत कार्यक्रम गरेको हो ।

‘एकीकृत जनक्रान्ति जिन्दावाद, दलाल संसदीय व्यवस्था खारेज गरौँ, वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरौँ, सम्पूर्ण राजबन्दी रिहा गर, सामाजिक फासिवादी केपी सरकार मुर्दावाद’ लगायत नाराले भित्ता सजिएका छन् ।

कास्कीमै नेता कञ्चनलगायत राजबन्दीको रिहाइको माग राख्दै अखिल क्रान्तिकारीले पनि विरोध सभा गरेको छ । विभिन्न नारासहित अखिल क्रान्तिकारी कास्कीले सिद्ध माध्यमिक विद्यालयनजिक विरोध प्रदर्शन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :