पीएसजी ४२ अङ्कसहित लिग वानको शिर्ष स्थानमा

पीएसजी ४२ अङ्कसहित लिग वानको शिर्ष स्थानमा

एजेन्सी : पेरिस सेन्ट जर्मेन (पीएसजी) लिग वानको शीर्ष स्थानमा उक्लिन सफल भएको छ । शनिबार राति घरेलु टोली एन्जर्समाथि १–० को जित निकाल्दै शीर्ष स्थानमा पुगेको हो ।

डिफेन्डर लेविन कुरजवाले दोस्रो हाफमा गरेको गोल नै पीएसजीका लागि निर्णायक बनेको थियो । जितसँगै पीएसजीले दोस्रो स्थानको लियोनसँग २ अङ्कको अग्रता लिएको छ ।

पीएसजीको २० खेलबाट ४२ अङ्क छ भने एन्जर्स ३० अङ्कसहित सातौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :