एकीकृत जनक्रान्तिमा लागिपर्ने हो

गीत

एकीकृत जनक्रान्तिमा लागिपर्ने हो

एमसीसीलाई कोसेली भनेर
अमरिकालाई हुल्दैछ सरकार
बुझ गाउँले हो, बुझ गाउँले हो
यो देशको पहिचान मेटी जाने भो ।

भारतले गर्या’छ अत्याचार
दलाल शासक उसैको मतियार
देख्यौ गाउँले हो, सुन्यौ गाउँले हो
लिपुलेक, कालापानी कब्जा गरेको ।

दलालहरू यो देशका क्यान्सर
मातृभूमि पार्या’ छन् चिरफार
सुन गाउँले हो, हेर गाउँले हो
यो देश बचाउन कम्मर कसौँ हो ।

भ्रष्टाचारी, देशद्रोही जन्माउने स्थल
सिंहदरबार, यस्तै छ हेर न
उठ गाउँले हो, उठौँ गाउँले हो
यो दलाल व्यवस्था फाल्नैपर्ने भो ।

वीर पुर्खाले बचा’को प्यारो देश
जोगाउनु छ देशभक्त मिली देश
जुटौँ गाउँले हो, उठौँ गाउँले हो
वैज्ञानिक समाजवाद ल्याउनैपर्ने भो ।

राष्ट्रघातको विरासत भत्काउन
स्वाधीनताको संसार बनाउन
आऊ युवा हो, उठ युवा हो
एकीकृत जनक्रान्तिमा लागिपर्ने हो ।

मकवानपुर

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :