नेपालमा आज ६३७ जना कोरोना सङ्क्रमित निको भए, ८ जनाको मृत्यु

नेपालमा आज ६३७ जना कोरोना सङ्क्रमित निको भए, ८ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ६३७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ५४ हजार ४९४ पुगेको छ । यो कुल सङ्क्रमितको ९७ दशमलब २ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा १७५ महिला र २४६ पुरुष गरी जम्मा ४२१ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा भक्तपुर ११, ललितपुर २६ र काठमाडौँ १६० गरी जम्मा काठमाडौँ उपत्यकामा १९७ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ५ हजार ८०० नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ६१ हजार ८५९ पुगेको छ ।

मन्त्रालयका अनुसार यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ८ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ८७८ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४८७ रहेको छ । त्यसमा आई.सी.यु.मा १९९ जना र भेन्टिलेटरमा ३५ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा १ हजार ९६६ जना र क्वारेन्टाइनमा ३६७ जना रहेका छन् ।

यसैगरी ५०० बढी सङ्क्रमित हुने जिल्ला काठमाडौँ रहेको छ भने सून्य सङ्क्रमित भएको जिल्लाहरु : सोलुखुम्बु र मुगु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :