जनगणतान्त्रिक सम्पर्क मञ्च सङ्खुवासभाको संयोजकमा राई

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति नेपालअन्तर्गत सङ्खुवासभा–काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्चको संयोजकमा बोनपाट राई चुनिएका छन् ।

काठमाडौँमा शुक्रबार आयोजित भेलाले राई संयोजक रहने गरी ७ सदस्य रहेको मञ्च निर्माण गरिएको हो । सदस्यहरुमा विकास राई, रुबिका श्रेष्ठ, चन्द्र थापा, कबिता लिम्बू, सूर्य क्षेत्री र पूर्णराज नेम्बाङ रहेको मञ्चले जनाएको छ ।

भेलामा नेकपा जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति नेपालका केन्द्रीय अध्यक्ष कमानसिंह र केन्द्रीय सचिव खेम प्रधान उपस्थित भएका थिए ।

अध्यक्ष कमानसिंहले कार्यक्रमलाई सम्बोधन गर्दै सङ्खुवासभाबाट काठमाडौँ उपत्यकामा आएका क्रान्तिकारीहरुलाई एकताबद्ध गरी एकीकृत जनक्रान्तिमा लामबद्ध गर्नु समितिको मुख्य भूमिका रहेको बताएका थिए । उनले जनगणतन्त्र तथा वैज्ञानिक समाजवाद स्थापनाका लागि कुनै पनि व्यक्तिगत स्वार्थमा नलागी देश र जनताका पक्षमा अघि बढ्नुपर्ने धाराणा राखेका थिए ।

सचिव खेम प्रधानले दलाल पुँजीवादी सत्ताका विरुद्ध जारी क्रान्तिमा मञ्चले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :