जनगणतान्त्रिक सम्पर्क मञ्चद्वारा पूर्ण श्रेष्ठलाई रिहा नगरिए प्रतिरोध गर्ने चेतावनी

जनगणतान्त्रिक सम्पर्क मञ्चद्वारा पूर्ण श्रेष्ठलाई रिहा नगरिए प्रतिरोध गर्ने चेतावनी

काठमाडौँ : जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समितिले मञ्चका महासचिव पूर्ण श्रेष्ठलाई २०७७ पुस ९ गते बिहान १० बजे सरकारले बिनाकारण गिरफ्तार गरेर दुःख दिएको भन्दै बिनासर्त रिहा गर्न माग गरेको छ । समन्वय समितिका अध्यक्ष कमानसिंहले सोमबार विज्ञप्ति जारी गरी श्रेष्ठलाई तत्काल रिहा नगरिए प्रतिरोध हुने र त्यसको जबाफदेही सरकारले लिनुपर्ने बताएका छन् ।

कमानसिंहले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो गौरवशाली सङ्गठन जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति स्थापनाकालदेखि नै नेपाली जनताको मुक्तिका लागि सङ्घर्षरत रहेको कुरा सर्वविदितै छ । नेपाली समाजमा विद्यमान विकृति, विसङ्गति, भ्रष्टाचार, कमिसनखोर, महँगीका विरुद्ध गाँस, बास, कपास, स्वास्थ्यलगायत विषयमा जनताको हितका लागि आन्दोलनरत छ । हामी कथित वामपन्थी सत्तामा रहेको यो दलाल संसदीय व्यवस्थाका विरुद्ध जनगणतन्त्र र वैज्ञानिक समाजवादी व्यवस्थाका लागि निरन्तर आन्दोलनरत छौँ । केपी शर्मा वलीको नेतृत्वमा सामाजिक दलाल पुँजीवादी तथा चरम हिटलरी शैलीको फासिवादी सरकारले हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता तथा समर्थक, शुभचिन्तकलाई बिनाकारण गिरफ्तार गर्ने, मानसिक, शारीरिक यातना दिने कार्य गरेर भाडाको जत्थाले दिनानुदिन सताइरहेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसै सन्दर्भमा २०७७ पुस ९ गते बिहान १० बजे कथित समाजवादको नारा दिने सामाजिक दलाल पुँजीवादी केपी वली सरकारको भाडाको जत्थाले हाम्रो सङ्गठन जनगाणतान्त्रिक सम्पर्क मञ्च समन्वय समितिका महासचिव पूर्ण श्रेष्ठलाई आफ्नो कामको सिलसिलामा बालाजु पुगेको अवस्थामा गिरफ्तार गरेको छ । महासचिव श्रेष्ठलाई पटकपटक गिरफ्तार गर्ने, हिरासतमा राख्ने र झूट्टा मुद्दा लगाउने सरकारको निरङ्कुश रबैयाप्रति हाम्रो सङ्गठन घोर निन्दा एवम् भत्र्सना गर्दछ । गिरफ्तारीमा परेका यस सङ्गठनका महासचिव पूर्ण श्रेष्ठलाई बिनासर्त तत्काल रिहाइको माग गर्दछौँ । अन्यथा हाम्रो सङ्गठन सङ्घर्षमा उत्रिन बाध्य हुने चेतावनी पनि यसै विज्ञप्तिमार्फत दिन चाहन्छौँ । सङ्घर्षबाट उत्पन्न हुने परिणामको जबाफदेही केपी शर्मा वलीको चरम फासिवादी सरकार हुनेछ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :