नेपालमा आज ८४२ जना कोरोना सङ्क्रमित निको भए, १८ जनाको मृत्यु

नेपालमा आज ८४२ जना कोरोना सङ्क्रमित निको भए, १८ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ८४२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ३६ हजार ५७३ पुगेको छ । यो कुल सङ्क्रमितको ९४ दशमलब ९ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा ३१७ महिला र ५०४ पुरुष गरी जम्मा ८२१ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा १४२ महिला र १९१ पुरुष गरी जम्मा काठमाडौँ उपत्यकामा ३३३ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ५ हजार ४२३ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ४९ हजार २४४ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप १८ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ७१६ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ९५५ रहेको छ । त्यसमा आई.सी.यु.मा २७३ जना र भेन्टिलेटरमा ५४ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा ७ हजार ३४० जना र क्वारेन्टाइनमा ४७१ जना रहेका छन् ।

यसैगरी ५०० बढी सङ्क्रमित हुने जिल्लाहरु : काठमाडौँ, ललितपुर र कास्की रहेका छन् भने सून्य सङ्क्रमित भएको जिल्ला मनाङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :