सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेर ८ हजार ८४८.८६ मिटर पुग्यो

सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेर ८ हजार ८४८.८६ मिटर पुग्यो

काठमाडौँ : विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । ८ हजार ८४८ मिटर उचाइ रहेको सगरमाथाको नयाँ उचाइ अब ८ हजार ८४८.८६ मिटर पुगेको हो । नेपाल र चीनले मापन गरेको सगरमाथाको नयाँ उचाई एक कार्यक्रमका बीच पररष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीले सार्वजनिक गरेका हुन् ।

सन् २०१९ मा चीनका राष्ट्रपति सी विनपिङले नेपाल भ्रमण गर्ने क्रममा दुई देशले संयुक्त रूपमा सगरमाथाको उचाइ मापन गर्ने सहमति भएको थियो । यसअघि सर्भे अफ इन्डियाले सन् १९५४ मा सगरमाथाको उचाइ मापन गरेको थियो । सोही उचाइ नै अहिलेसम्म कायम थियो । अब सगरमाथाको नयाँ उचाइ लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :