अमेरिकामा १ करोड ३७ लाख ५० हजार कोरोना सङ्क्रमित, २ लाख ७३ हजारको मृत्यु

अमेरिकामा १ करोड ३७ लाख ५० हजार कोरोना सङ्क्रमित, २ लाख ७३ हजारको मृत्यु

काठमाडौँ : अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या १ करोड ३७ लाख ५० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १ लाख ३८ हजार १८८ जनामा सङ्क्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड ३७ लाख ५० हजार ४०४ पुगेको हो । सङ्क्रमितमध्ये अहिलेसम्म ८१ लाख ७ हजार २०३ जना सङ्क्रमणमुक्त भएको जनाइएको छ ।

त्यसैगरी अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या २ लाख ७३ हजार नाघेको छ । साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घन्टामा ८१९ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतकको सङ्ख्या २ लाख ७३ हजार ७२ पुगेको छ । त्यस्तै उपचार गराइरहेका ५३ लाख ७० हजार १२९ जनामध्ये २४ हजार ८२२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :