गुल्मीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, दुई घाइते

गुल्मीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, दुई घाइते

काठमाडौँ : गुल्मीमा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । इस्मा गाउँपालिकाबाट तम्घास आउँदै गरेको लु १ज ११६६ नम्बरको जीप गाउँपालिकाको वडा नं. ४ को हुलमा शुक्रबार बिहान जीप दुर्घटना भएको थियो ।

दुर्घटनामा परी ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । उनीहरु सबैको सनाखत भइसकेको छ । ५ जनाको घटनास्थलमै र एकजनाको गुल्मी अस्पतालमा उपचारको क्रममा ज्यान गएको गुल्मी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार इस्मा गाउँपालिका–४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षका शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० वर्षीय थापा र गुल्मी अस्पतालमा उपचाररत १९ वर्षीय फर्सुराम थापाको मृत्यु भएको हो ।

त्यसैगरी इस्मा गाउँपालिका–४ हुलकै २८ वर्षीया सरस्वती दर्लामी र सहचालक २५ वर्षका कमल हितान घाइते भएका छन् भने चालक वुद्ध बस्नेत सकुशल रहेका छन् । जीपमा चालकसहित नौ जना सवार थिए । सडकमा घुम्ती मोड्न नसकेपछि जिप भिरबाट करिब ४ सय मिटर तल खसेर दुर्घटना भएको थियो । घटनाबारे थप अनुसन्धान प्रहरीले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :