गिरफ्तार गरिएका नेताकार्यकर्ता रिहा गर : नेकपा

गिरफ्तार गरिएका नेताकार्यकर्ता रिहा गर : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति उदयपुरले प्रहरीद्वारा गिरफ्तार गरिएका आफ्ना कार्यकर्ता रिहाइको माग गरेको छ ।

नेकपाका उदयपुर जिल्ला इन्चार्ज विजयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यही मंसिर १० गते आफ्नै घरमा बसिरहेको बेला आफ्नो पार्टीका शुभचिन्तक तथा समाजसेवी गौरबहादुर देवकोटा र नेपाल कम्युनिस्ट पार्टी उदयपुर जिल्ला सदस्य रितु विकलाई गैर न्यायीक रुपमा गिरफ्तार गरि वेपत्ता बनाएको भन्दै बिनाशर्त रिहाइको माग गरेका छन् ।

साथै विज्ञप्तिमा गिरफ्तार गरिएका देवकोटा र विकलाई रिहाइका लागि पहल गर्न बुद्धिजीवी, मानवअधिरकर्मी र सरकोकारवालाहरुलगायत सबैलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :