शिक्षक ओलीको गिरफ्तारीविरुद्ध शिक्षक सङ्गठनको आक्रोश

रोल्पा : नेकपाका नेता–कार्यकर्तालाई अनावश्यक गिरफ्तार गरी दुःख दिँदै आएको केपी वली सरकारले अब शिक्षकलाई पनि गिरफ्तार गरी यातना दिन थालेको छ । अखिल नेपाल शिक्षक सङ्गठन रोल्पाले शिक्षक रमेशकुमार ओलीलाई प्रहरीले आस्थाकै आधारमा गैरन्यायिक रूपले गिरफ्तार गरेको भन्दै घोर भत्र्सना गरेको छ । विद्यालयमा पठनपाठन गर्दै आएका स्थायी शिक्षक ओलीलाई नेकपा निकट अखिल नेपाल शिक्षक सङ्गठनमा आस्था राखेकै कारण प्रहरीले गिरफ्तार गरेको सङ्गठनले जनाएको छ ।

जनता आधारभूत विद्यालय गङ्गादेव गाउँपालिका ४ सुपाटोड्केमा अध्यापनरत अखिल नेपाल शिक्षक सङ्गठनप्रति आस्थावान् शिक्षक रमेशकुमार ओलीलाई गिरफ्तार गरी प्रहरीले रोल्पाबाट सल्यान पुर्याएको छ । ओलीलाई प्रहरी हिरासतमै झूट्टा मुद्दा लगाएर मानसिक यातनासमेत दिइएको भन्दै अखिल नेपाल शिक्षक सङ्गठनले घोर भत्र्सना गरेको हो ।

अखिल नेपाल शिक्षक सङ्गठनका रोल्पा जिल्ला अध्यक्ष प्रेमबहादुर केसीले प्रेस विज्ञप्ति जारी गरी ओलीलाई पाँच दिनभित्र बिनासर्त रिहा नगरिए आन्दोलन सुरु गर्ने र आन्दोलनले पार्ने असरप्रति सरकार जबाफदेही हुने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :