नेपालमा आज ५,६९९ जना कोरोना सङ्क्रमित निको भए, १६ जनाको मृत्यु

नेपालमा आज ५,६९९ जना कोरोना सङ्क्रमित निको भए, १६ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ६९९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १ लाख ९९ हजार २४ पुगेको छ । यो कुल सङ्क्रमितको ९० दशमलब ३ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा ६५५ महिला र १ हजार १४ पुरुष गरी जम्मा १ हजार ६६९ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ ७३३, ललितपुर १३१ र भक्तपुरमा ५३ गरी काठमाडौँ उपत्यकामा जम्मा ९५७ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ८ हजार ३२ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख २० हजार ३०८ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप १६ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ३२१ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार १६६ रहेको छ । त्यसमा आई.सी.यु.मा ३५९ जना र भेन्टिलेटरमा ६६ जनाको उपचार भइरहेको छ । यसैगरी संस्थागत आइसोलेसनमा ६ हजार ३५१ जना, होम आइसोलेसनमा १३ हजार ६१२ जना र क्वारेन्टाइनमा ६८६ जना रहेका छन् ।

यसैगरी ५०० बढी सङ्क्रमित हुने जिल्लाहरु : भापा, मोरङ, काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही र कैलाली रहेका छन् भने सून्य सङ्क्रमित भएको जिल्लाहरु : मनाङ र मुगु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :