साटिँदैछ वीरता !

कविता

साटिँदैछ वीरता !

सन्धि र सम्झौतामा साटिँदैछ वीरता त्यो !
बेकार मरेझैँ भो सीमास्तम्भमा जो !!
अङ्ग्रेजÞफौजलाई पनि जितेको के अर्थ भाछ !
हाम्रो जितलाई आज भारतीयले धोती लाछ !!

खाँदैछ सुस्ता, लिम्पियाधुरा, लिपुलेक पनि !
विश्वलाई देखाइसक्यो यो क्षेत्र हाम्रो हो भनी !
सरकार निर्लज्ज छ, बोल्न सक्दैन केही !
यो त हाम्रो हो नि भन्नै सक्दैन गएर त्यहीँ !!

बोल्दाखेरि केही कुर्सी गुम्ने डर होला !
ए कुर्सी पनि पाएकै हो बेचेर देशका खोला !!
जनता बोले देशका बारे जेलमा लगिहाल्छ !
उनै साम्राज्यवादीलाई मालिक भनी पाल्छ !!

प्रमाण हजार छन् त्यो भूमि हाम्रो हो भनी !
१८१६ मै हो प्रमाणीकरण गरेको जनसङ्ख्या गनी !!
क्षेत्रबासी भन्छन् हामी नेपाली हौँ, उद्धार गर !
सरकार दलाल छ, अरू कसको पर्नु भर !!

ऊ बेला लडे सिमानामा सबै देखाएर वीरता !
आजका पनि नेपाली हुन्, छैन कतै एकता !!
वीरता त्यो नेताहरूले एउटा कुर्सीमा साट्दैछन् !!
नेपाली जनतालाई भने झुक्याएर ढाँट्दैछन् !!

अब आऊ विप्लव तिमी नै छौ एक हाम्रो आशा !
देखाउनैपर्छ अब यिनीहरुलाई विप्लवी भाषा !!
वैज्ञानिक समाजवादको लालझन्डा बोक्ने हो अब !
एकीकृत जनक्रान्ति हुँदै जनताले न्याय पाउँदैनन् जब !!

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :