सम्पर्क मञ्चका प्रधान र चौधरी काठमाडौँबाट गिरफ्तार

सम्पर्क मञ्चका प्रधान र चौधरी काठमाडौँबाट गिरफ्तार

काठमाडौँ : नेपाल कम्यनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्दीय सदस्य खेम प्रधान र कार्यालय सचिव टिकाराम चौधरीलाई बिहीबार बिहान ११ बजे काठमाडौँ बागबजारबाट केपी–बादल गृह प्रशासनले गिरफ्तार गरेको छ ।

बागबजारस्थित छापाखानामा कोरोना भाइरसबाट सङ्क्रमित जनताको निःशुल्क उपचार गर्न, देशभर मौलाएको भ्रष्टाचार अन्त्य गर्न र राष्ट्रियताको रक्षा सम्बन्धि कार्यक्रमको लागि ब्यानर तथा फ्ल्याक्सबोर्ड बनाउन जाने क्रममा सादा पोसाकमा रहेको प्रहरीले अमानविय तरिकाले लछारपछार पार्दै गिरफ्तार गरेको समाचार प्राप्त भएको छ ।

यसैबीच जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समितिले खेम प्रधान र टिकाराम चौधरीलाई यथाशिघ्र बिना सर्त रिहाईको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :