नेपालमा आज २,९३३ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या ९८४ पुग्यो

नेपालमा आज २,९३३ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या ९८४ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ९३३ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ७६ हजार ५०० पुगेको छ । त्यसमा काठमाडौँ उपत्यकामा ७०२ महिला र ९२८ पुरुष थपिएसँगै उपत्यकामा १ हजार ६३० जना नयाँ सङ्क्रमित पुगेका छन् । देशभरका प्रयोगशालामा १३ हजार ४४६ नमुना परीक्षण गर्दा १ हजार ७५७ जना पुरुष र १ हजार १७६ जना महिलामा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी २४ घन्टामा थप २४ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएसँगै मृतकको सङ्ख्या ९८४ पुगेको छ । पछिल्लो २४ घन्टामा ३ हजार १५० जना निको भएर घर फर्केसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १ लाख ३७ हजार ९९२ पुगेको छ । यो कुल संक्रमितको ७८ दशमलब २ प्रतिशत हो ।

नेपालमा आज सक्रिय सङ्क्रमितको संख्या ३७ हजार ५२४ रहेको छ । त्यसमा आई.सी.यु.मा ३४७ जना र भेन्टिलेटरमा ७४ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा ३० हजार ९२४ जना र क्वारेन्टाइनमा २ हजार ११९ जना रहेका छन् ।

यसैगरी ५०० बढी संक्रमित हुने जिल्लाहरु : झापा, मोरङ, सुनसरी, काभ्रेपलाञ्चोक, काठमाडौँ, मकवानपुर, भक्तपुर, ललितपुर, चितवन, कास्की, नवलपरासी (पूर्व), रुपन्देही, दाङ र कैलाली रहेका छन्, भने सून्य संक्रमित भएको जिल्लाहरु : मुस्ताङ, मनाङ र बाजुरा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :