अखिल (क्रान्तिकारी) द्वारा कोरोना भाइरसविरुद्ध जनचेतना

अखिल (क्रान्तिकारी) द्वारा कोरोना भाइरसविरुद्ध जनचेतना

काभ्रे : नेकपा निकट अखिल (क्रान्तिकारी) काभ्रेले कोरोना भाइरस सङ्क्रमण (COVID 19) बारे चनचेतना जगाउँदै स्वास्थ्य सामग्री वितरण गरेको छ ।

काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा सङ्गठनका महासचिव प्रकाश शाहीको प्रमुख आतिथ्य र नगर इन्चार्ज आक्रोशको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा सुकुमबासी टोल लामिडाँडाका बासिन्दालाई कोरोना भाइरसबारे जनचेतना जगाउँदै सेनिटाइजर र मास्क वितरण गरिएको सङ्गठनले जनाएको छ ।

कार्यक्रममा दसैँ र तिहारको शुभकामना पनि आदानप्रदान गरिएको समाचारमा जनाइएको छ ।

उक्त कार्यक्रममा क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य मुकुन्द श्रेष्ठ, मिलन राई, केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज प्रकाश तिरुवा र जिल्ला अध्यक्ष महेन्द्रप्रकाश ओलीको उपस्थिति रहेको पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :