महासचिव विप्लवद्वारा पूर्वसल्लाहकार निडरप्रति श्रद्धाञ्जली व्यक्त

महासचिव विप्लवद्वारा पूर्वसल्लाहकार निडरप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार धनबहादुर मल्ल ‘निडर’ प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् । महासचिव विप्लवले बिहीबार शोक वक्तव्य जारी गर्दै बझाङ जिल्ला केदारस्यु गापा ४ सैन्सु निवासी निडरको २०७७/६/२९ गते ६७ वर्षको उमेरमा निधन भएकोमा पार्टी शोकमग्न भएको पनि बताएका छन् ।

निडरका शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै महासचिव विप्लवले जनयुद्धका क्रममा बझाङलगायत पश्चिम क्षेत्रमा वर्गसङ्घर्षको विकासमा महत्वपूर्ण भूमिका पूरा गर्दै एकीकृत जनक्रान्तिमा निरन्तर साथ दिइरहेको भन्दै वर्गसङ्घर्षमा निडरको भूमिकाको स्मरण गरेका छन् ।

महासचिव विप्लवले शोक वक्तव्यमा भनेका छन्, ‘हाम्रो पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार, बझाङ जिल्ला केदारस्यु गापा ४ सैन्सु निवासी कमरेड धनबहादुर मल्ल ‘निडर’ को यही २०७७/६/२९ गते ६७ वर्षको उमेरमा निधन भएकोमा हाम्रो पार्टी शोकमग्न भएको छ । जनयुद्धका क्रममा बझाङलगायत पश्चिम क्षेत्रमा वर्गसङ्घर्षको विकासमा महत्वपूर्ण भूमिका पूरा गर्दै एकीकृत जनक्रान्तिमा निरन्तर साथ दिनुहुने कमरेड मल्लप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोकसन्तप्त सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।’ वक्तव्यकाे पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :