नेकपा नेता दीपेश राई धरौटीमा रिहा

नेकपा नेता दीपेश राई धरौटीमा रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालीन सगरमाथा ब्युरो इन्चार्ज दीपेश राई लामो समयको जेल र हिरासत बसाइपछि काठमाडौँ जिल्ला प्रहरी कार्यालयबाट मङ्गलबार धरौटीमा रिहा भएका छन् ।

नेकपा नेता दीपेशलाई २०७५ साल साउन २९ गते गिरफ्तार भएपछि सरकारले अदालतको रिहाइको आदेश लत्याउँदै पटकपटक गिरफ्तार गरी झूट्टा मुद्दा लगाएर विभिन्न जिल्लाहरूमा घुमाउँदै आएको थियो ।

सरकारले नेकपाका केन्द्रदेखि ब्युरो र जिल्लास्तरसम्मका नेता–कार्यकर्तालाई निरन्तर यसैगरी गिरफ्तार गर्ने, झूट्टा मुद्दा लगाएर हिरासत र जेलमा राख्ने, सकेसम्म आत्मसमर्पण गर्न लगाउने, नसकेमा अदालतको आदेश लत्याउँदै दुःख दिने गर्दै आएको छ । सरकारको यसप्रकारको कदमको चौतर्फी निन्दा एवम् भत्र्सना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :