आज २,६३८ जना कोरोना सङ्क्रमित थपिए, मृतकको संख्या ६७५ पुग्यो

आज २,६३८ जना कोरोना सङ्क्रमित थपिए, मृतकको संख्या ६७५ पुग्यो

काठमाडौँ : नेपालमा २४ घन्टामा २ हजार ६३८ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा १ हजार ४०३ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँका ९९६, ललितपुरका ३०५ र भक्तपुरका १०२ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १३ हजार ९४७ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ ।

यसैगरी २४ घन्टामा थप १२ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।

त्यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा २ हजार १७४ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ८० हजार ९५४ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा सक्रिय सङ्क्रमितको संख्या ३६ हजार ३६७ रहेको छ । त्यसमा आई.सी.यु.मा ३०५ जना र भेन्टिलेटरमा ७० जनाको उपचार भइरहेको छ । यसैगरी संस्थागत आइसोलेसनमा १४ हजार ८१९ जना, होम आइसोलेसनमा २१ हजार ५४८ जना र क्वारेन्टाइनमा ४ हजार ६६६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :