नेपालमा आज २,०५९ जना कोरोना सङ्क्रमित थपिए, मृतकको संख्या ६०० पुग्यो

नेपालमा आज २,०५९ जना कोरोना सङ्क्रमित थपिए, मृतकको संख्या ६०० पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ५९ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा १ हजार ४०९ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका १ हजार ११६, ललितपुरका १६३ र भक्तपुरका १३० जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ६७६ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप १० जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ । पछिल्लो २४ घन्टामा १ हजार ६८० जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको संख्या २७ हजार ५३ रहेको छ । त्यसमा संस्थागत आइसोलेसनमा ११ हजार १७६ जना र होम आइसोलेसनमा १५ हजार ८७७ जना रहेका छन् । यस्तै क्वारेन्टाइनमा ४ हजार ७०३ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :