महेन्द्र र साजन साधारण सदस्यसमेत नरहने गरी नेकपाबाट निष्कासित

महेन्द्र र साजन साधारण सदस्यसमेत नरहने गरी नेकपाबाट निष्कासित

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कैलालीले पार्टीका दुई जिल्ला सदस्य महेन्द्र र साजनलाई आर्थिक अराजकतालगायत गम्भीर अपराध गरेको ठहर गर्दै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । जिल्ला सेक्रेटरी करण थारूले शुक्रबार विज्ञप्ति जारी गरी दुईजना जिल्ला सदस्यले पार्टीमाथि गम्भीर प्रकारका आँच आउने, पार्टी नीति, प्रक्रियाविपरीत पार्टीलाई नटेर्ने, अटेर गरी अराजक बनेर पार्टीका नाममा आर्थिक लाभ लिई पार्टीलाई नै बदनाम गराएकाले दुवैजनालाई पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जनाएका हुन् ।

सेक्रेटरी करणले विज्ञप्तिमा भनेका छन्, ‘महान् सर्वहारा वर्गको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टी विगत लामो समयदेखि दलाल संसदीय व्यवस्था ध्वस्त गर्दै सर्वहारा वर्गको अधिनायकत्वामा समाजवादी राज्यव्यवस्था स्थापना गर्ने महान् अभियानमा जुटिरहेको आमजनसमुदायमा सर्वविदितै छ । आज हामी सर्वहारा जनताको महान् पार्टी बनाउने अभियानमा छौँ । पार्टीमा नीति, विधि, प्रक्रिया, सिद्धान्त र व्यवहारमा कम्युनिस्ट पार्टी निर्माणको दिशामा अघि बढिरहेको अवस्थामा पार्टीका जिल्ला सदस्य क. महेन्द्र र क. साजनले पार्टीमाथि गम्भीर प्रकारका आँच आउने, पार्टी नीति, प्रक्रियाविपरीत पार्टीलाई नटेर्ने, अटेर गरी अराजक बनेर पार्टीका नाममा आर्थिक लाभ लिई पार्टीलाई नै बदनाम गराएकाले निज कमरेडहरूलाई आजकै मितिबाट पार्टी सदस्यतासमेत नरहने गरी निष्कासन गरिएको यसै विज्ञप्तिमार्फत जानकारी गराउँछौँ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘साथै निजहरूले लिएको आर्थिक असुलउपर गरी पीडितलाई फिर्ता गराउने प्रतिबद्धता गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :