माग पूरा नभए कडा सङ्घर्षमा उत्रने १४ दलको चेतावनी

माग पूरा नभए कडा सङ्घर्षमा उत्रने १४ दलको चेतावनी

काठमाडौँ : लिम्पियाधुरासहितको जारी नक्साअनुसारको नेपाली भूमि भारतीय साम्राज्यवादबाट फिर्ता गराउन, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न, जिल्लामा व्याप्त बेरोजगारी, महँगी, कालोबजारीका समस्या समाधान गर्न, विकास निर्माण तथा सार्वजनिक सेवामा हुने ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य ओखलढुङ्गामा क्रियाशील १४ दलले सरकारससँग माग रेका छन् ।

आफूहरुले अघिसारेका आठबुँदे माग पूरा नगरिए कडा सङ्घर्षमा उत्रने चेतावनी पनि ती दलले दिएका छन् । १४ दलका तर्फबाट नेकपा (क्रान्तिकारी माओवादी) ओखलढुङ्गा सेक्रेटरी पर्वतले जारी गरेको वक्तव्यमा माग पूरा नभए कडा सङ्घर्षमा उत्रने चेतावनी दिइएको छ ।

विद्रोही नेकपासहित सडक सङ्घर्षमा उत्रिएका यी दलले राष्ट्रिय स्वाधीनता, जनतन्त्र, जनजीविकालगायत विषयमा कार्यगत एकता गरेका छन् । असोज २२ गतेको १४ दलको बैठकले तय गरेका आठबुँदे माग विज्ञप्ति जारी गरी सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :