अखिल (क्रान्तिकारी) द्वारा सम्झना कामीलगायत हत्या र बलात्कार घटनाविरुद्ध प्रदर्शन

अखिल (क्रान्तिकारी) द्वारा सम्झना कामीलगायत हत्या र बलात्कार घटनाविरुद्ध प्रदर्शन

काठमाडौँ : अखिल (क्रान्तिकारी) कपिलवस्तुले बिहीबार सम्झना कामीलगायत देशभर भइरहेका बलात्कार र हत्याविरुद्ध प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सम्झना कामीको हत्याबारे निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने, देशव्यापी रूपमा कथित जातका आधारमा विभेद, बलात्कार, अपमान र हत्या गर्ने मानवताविरोधी क्रूर हिंसाजन्य क्रियाकलाप तत्काल बन्द गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी भएको समाचारमा जनाइएको छ ।

कपिलवस्तु जिल्लाअन्तर्गत, वाणगङ्गा नगरपालिका हतौसास्थित विद्यालयमा करिब ३५० विद्यार्थीको सहभागी प्रदर्शनमा अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष विज्ञानले देशभर भएका बलात्कार, हत्या र हिंसा अन्त्यको माग गर्दै सम्झना कामीलगायतको बलात्कार र हत्याबारे छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न माग गरे । उनले सम्झनाको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, देशमा वैज्ञानिक, निःशुल्क, र समान शिक्षा लागू गर्नुपर्ने माग पनि गरे ।

विरोध प्रदर्शनअगाडि ३५० भन्दा बढी विद्यार्थीलाई सङ्गठनका तर्फबाट मास्कलगायत स्वास्थ्य सामग्रीहरू वितरण गरिएको सङ्गठनले जनाएको छ ।

विरोधसभाको सञ्चालन सङ्गठनका बाणगङ्गा नगर संयोजक मणि भट्टराईले गरेका थिए । प्रदर्शनमा विद्यार्थीले विद्यमान शिक्षाप्रणालीविरुद्ध वैज्ञानिक समाजवादी शिक्षा माग गर्दै राष्ट्रियताको जगेर्ना, हत्या, हिंसा र बलात्कारविरुद्ध गगनभेदी नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :