नेपालमा आज १,५५१जना कोरोना सङ्क्रमित थपिए, २,३४० निको भए

नेपालमा आज १,५५१जना कोरोना सङ्क्रमित थपिए, २,३४० निको भए

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १,५५१ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ९० हजार ८१४ पुगेको छ । आज देशभरी संक्रिय संङ्क्रमितको संख्या २२ हजार ७०९ रहेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ९ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ५६३ पुगेको छ । पछिल्लो २४ घन्टामा २ हजार ३४० जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या भने ६७ हजार ४५२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :