नेकपाका नेता वीरजङ्ग सातौँपटक गिरफ्तार

नेकपाका नेता वीरजङ्ग सातौँपटक गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका नेता चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । जिल्ला अदालत ललितपुरको आदेशमा सोमबार रिहा हुनेबित्तिकै उनलाई प्रहरीले सातौँपटक गिरफ्तार गरेको हो ।

रिहा हुनेबित्तिकै नेता वीरजङ्गलाई गिरफ्तार गरेर पुनः काठमाडौँको कमलपोखरी प्रहरीमा राखिएको छ । कोरोना भाइरस सङ्क्रमणलगायत विभिन्न रोगले पीडित नेता वीरजङ्गको स्वास्थ्य अवस्था निकै नाजुक रहेको भन्दै उनको परिवारले चिन्ता व्यक्त गरेको छ । यसअघि दाङ, काभ्रे, भोजपुर, सुनसरीलगायत ६ ठाउँबाट रिहा भए पनि प्रहरीले नेता वीरजङ्गलाई राजनीतिक आस्थाका आधारमा गिरफ्तार गरेर पटकपटक गिरफ्तार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :