जाजरकोटमा पार्टीमा पूर्णकालीन हुनेहरूलाई स्वागत

जाजरकोटमा पार्टीमा पूर्णकालीन हुनेहरूलाई स्वागत

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले जिल्लाको भेरी नगरपालिकामा कार्यक्रम आयोजना गरी पूर्णकालीन हुने कार्यकर्ताहरूलाई स्वागत गरेको छ ।

नेकपा भेरी नगरपालिकाको आयोजनामा गरिएको उक्त कार्यक्रममा नवप्रवेशी विशाल चनाराले वैज्ञानिक समाजवाद नेपाली जनताका लागि उत्तम र उत्कृष्ट व्यवस्था भएको बताए । उनले दलाल संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद भएको घोषणा गर्दै आजैबाट एकीकृत जनक्रान्तिको महान् अभियानमा निरन्तर लाग्ने उद्घोष गरे । आवश्यक परे नेपाली जनता र उत्पीडित समुदायको अधिकारका लागि बलिदान गर्नसमेत पछि नपर्ने प्रतिबद्धता उनले व्यक्त गरे । विशाल चनारा जनयुद्ध र विभिन्न मुक्तिगामी आन्दोलनमा सहभागी भई सोती हत्याकाण्डका विरुद्धमा समेत निरन्तर सङ्घर्ष गरिरहेका व्यक्ति हुन् ।

नयाँ यात्रा कार्यक्रमको संयोजन अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य प्रेमबहादुर शाहीले गरेका थिए ।

पार्टीमा नवप्रवेशी विशाल चनारा र किरण थापालाई अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य शाही र जिल्ला अध्यक्ष विराजन शाहीले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :