अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा शैक्षिक र स्वास्थ्य सामग्री वितरण

अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा शैक्षिक र स्वास्थ्य सामग्री वितरण

काडमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन अखिल (क्रान्तिकारी) अर्घाखाँचीले जिल्लाको शीतगङ्गा नगरपालिका वडा नं. १२ मा रहेको शान्ति निमाविमा रहेका १२० जना विद्यार्थीलाई शैक्षिक र स्वास्थ्य सामग्री वितरण गरेको छ ।

कार्यक्रम जिल्ला अध्यक्ष नवीन खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष खड्काले विद्यार्थीको हकहितका लागि लड्ने सङ्गठन अखिल (क्रान्तिकारी) भएकाले सम्पूर्ण विद्यार्थीको आवाजलाई बुलन्द पार्न क्रियाशील र समर्पित भएर लाग्नुको विकल्प नरहेको बताए ।

यसअघि पनि अखिल (क्रान्तिकारी) ले अर्घाखाँचीमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :