क्रान्तिकारीले सीटीईभीटीलाई बुझायो ज्ञापनपत्र

क्रान्तिकारीले सीटीईभीटीलाई बुझायो ज्ञापनपत्र

काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) उपत्यका जिल्ला समितिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सानोठिमी भक्तपुरलाई विभिन्न मागसहित ज्ञापनपत्र बुझाएको छ ।

क्रान्तिकारीका उपत्यका जिल्ला समिति संयोजक डीबी चन्दले प्राविधिक शिक्षामा रहेको व्याप्त विकृति, विसङ्गति र बेथिति अन्त्य गर्न र प्राविधिक शिक्षालाई सबै नेपालीको पहँुचमा पुर्याउनका निम्ति सुुझावसहित बुधबार ३ बुँदे मागपत्र सीटीईभीटीलाई बुझाएका छन् ।

सीटीईभीटीद्वारा पढाइ हुने डिप्लोमा र प्रिडिप्लोमा कार्यक्रमहरू पढ्न चाहेका धेरै विद्यार्थीको फाराम छुटेको हुँदा समय थप गरी देशैभरिका धेरैभन्दा धेरै विद्यार्थीलाई प्रतिस्पर्धामा संलग्न हुने वातावरण निर्माण गर्न क्रान्तिकारीको मागपत्रमा आग्रह गरिएको छ ।

यस्तै राष्ट्रिय चिकित्सा शिक्षा आयोग ऐन २०७५ अनुसार फेजआउट गरिएका स्वास्थ्यतर्फका एसएससी तहका कार्यक्रमहरूको गे्रड वृद्धि गरी आङ्गिक तथा साझेदारी शिक्षण संस्थाहरूमा डिप्लोमा कार्यक्रमको अनुमति पाएका कार्यक्रमहरूलाई यही शैक्षिक सत्रबाट प्रवेश परीक्षा तथा भर्नाप्रक्रियाको अनुमति दिन क्रान्तिकारीले माग गरेको छ ।

यस्तै सीटीईभीटीद्वारा प्रदान गरिने प्राविधिक शिक्षालाई सरकारी र सामुदायिक विद्यालयमा अध्ययन गरेका न्यून तथा मध्यम वर्गीय विद्यार्थीको पहुँचमा पुर्याउने सुनिश्चितता गर्न पनि क्रानितकारीले माग गरको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :