शुक्रबार पनि भारी बर्षाको सम्भावना

काठमाडौँ : मंगलबार देखी शुरु भएको मनसुन शुक्रवार पनि देशभर सक्रिय रहने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार सामान्यदेखि पूर्ण बदली रही देशैभरी हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । यी मध्ये बागमती, गण्डकी र कणार्ली प्रदेशमा भारी बर्षाको सम्भावना रहेको छ । भारी बर्षाको कारण पहाडी क्षेत्रमा पहिरो जाने तराईक्षेत्रमा डुबान पर्ने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :