बार्सिलोना जस्जास्पद हार बेहोर्दै च्याम्पियन्स लिगबाट बाहिरियो

च्याम्पियन्स लिग फुटबलमा स्पेनिस महारथी बार्सिलोनाले बायर्न म्युनिखसँग लज्जास्पद हार ब्यहोरेको छ ।

लिस्बोनमा शुक्रबार राति भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस महारथी बार्सिलोनालाई ८–२ गोलअन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

थोमस मुलर र फिलिप कौटिन्होले समान दुई–दुई गोल गर्दै बायर्नलाई शानदार जित दिलाए । अरू चार गोलमा जोसुआ किम्मिच, सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की र इभान पेरिसिचले गोल गरे ।

मुलरले खेलको चौथो मिनेटमा बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि डबिड अलाबाको आत्मघाती गोलसँगै बार्सिलोना खेलमा फर्किएको थियो ।

खेलको २८ औँ मिनेटमा इभान पेरिसिकले बायर्नलाई २–१ को अग्रता दिलाए । सर्ज ग्रन्बीले २८ औँ मिनेटमा बायर्नका लागि तेस्रो गोल गरे । मुलरले ३१ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफको खेलमा बायर्नलाई ३–१ को अग्रता दिलाए ।

दोस्रो हाफमा बायर्नले बार्सिलोनालाई थप दबाबमा राख्यो । ५७ औँ मिनेटमा बार्सिलोनाका फरवार्ड लुइस सुआरेजले गोल गर्दै खेल ४–२ को अन्तरमा झारेका थिए ।

त्यसपछि बायर्नले लगातार चार गोल गर्दै बार्सिलोनालाई च्याम्पियन्स लिगमा नमिठो हार चखायो । जोसुआ किम्मिचले ६३ औँ मिनेटमा गोल गर्दै बायर्नलाई ५–२ को अग्रता दिलाए । रोबर्ट लेवान्डोस्कीले ८२ औँ मिनेटमा थप एक गोल गर्दै बायर्नको आधा दर्जन गोल पूरा गरे ।

८५ औँ मिनेटमा पहिलो गोल गरेका उनले खेल सकिन एक मिनेट बाँकी रहँदा अर्को गोल थप्दै बायर्नलाई ८–२ को शानदार जित दिलाए ।

बार्सिलोनाका प्रशिक्षक क्विक सेटियनले एन्टोनी ग्रिजम्यान र डेम्बेलेलाई पहिलो रोजाइबाट बाहिर राख्दै बायर्नविरुद्ध टोली उतारेका थिए ।

पछिल्लो हारसँगै बार्सिलोनाका प्रशिक्षक सेटियनको पद धरापमा परेको छ । ला लिगा उपाधि रियल म्याड्रिडलाई सुम्पिएपछि उनको भविष्यमाथि आशङ्का उत्पन्न भएको थियो । बायर्नसँगको लज्जास्पद हारले उनी तत्काल बर्खास्तीमा पर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :