पहिरोमा परी सिन्धुपाल्चोकमा मृत्यु हुनेको सङ्ख्या ११, २७ जना बेपत्ता


काठमाडौँ : शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ को लिदीमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । यस्तै पहिरोमा परी २७ जना बेपत्ता भएका छन् । ्पहिरोका कारण ३७ घर पुरिएको र तीमध्ये धेरै घर पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ ।

नेपालमा २०७२ सालमा आएको भूकम्पका कारण धाँजा फाटेर कमजोर बनेपछि पुनस्र्थापना गर्न सरकारले ४० करोड बजेट विनियोजन गरेको भए पनि सरोकारवाला निकायले समयमै काम नगर्दा त्यस ठाउँमा ठूलो धनजनको क्षति हुन पुगेको छ  ।

साउन २३ गते उक्त ठाउँका बासिन्दाले बस्ती जोखिममा परेको भन्दै जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकमा जोखिमको पहिचान गरी स्थानान्तरण गर्न निवेदन दिएका थिए तर स्थानीय सरकारले जनताको उक्त निवेदमा ध्यान नदिँदा ठूलो धनजनको क्षति हुन पुगेको छ । समयमै पहिरो जोखिम बस्तीको अनुगमन र निरीक्षण गरी सुरक्षित ठाउँमा स्थानान्तरण नगरेका कारण ठूलो धनजनको क्षति हुन पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :