मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना च्याम्यियन्स लिगको क्वार्टरफाइनलमा


काठमाडौँ : स्पेनिस क्लब बार्सिलोना लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राती घरेलु मैदानमा क्याम्प नाउमा भएको अन्तिम १६ को दोस्रो लेगमा नापोलीलाई ३–१ ले हराउँदै समग्रमा ४–२ को नतिजासहित बार्सिलोना क्वार्टरफाइलनमा प्रवेश गरेको हो ।

१० औँ मिनेटमा क्लेमेन्ट लेन्गलेटको गोलमा अग्रता लिएको बार्सिलोनाले २३ औँ मिनेटमा मेस्सीले पुनः गोल गर्दै अग्रता दोब्बर पारेका थिए भने ४६ औँ मिनेटमा सुआरेजले पेनाल्टीमार्फत बार्सालाई ३–० को अग्रतामा पुर्याए ।

पहिलो हाफको खेल सकिन अन्तिम मिनेट अर्थात् ५० औँ मिनेटमा लोरेन्जो इन्साइनले पेनाल्टीमा नापोलीका लागि एक गोल फर्काएका थिए ।

त्यसपछि खेलमा कुनै पनि गोल भएन र बार्साले समग्रमा ४–२ को जित निकाल्यो । नापोलीको घरेलु मैदानमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

पाँचौँपटकको युरोपियन च्याम्पियन बार्सिलोनाले क्वार्टरफाइनलमा अब जर्मन क्लब बार्यन म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ । बार्यनले चेल्सीलाई समग्रमा ७–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :