ठाउँठाउँमा बिहानैबाट वर्षा, बागमती र सुदूरपश्चिमका केही स्थानमा भीषण वर्षाको सम्भावना

काठमाडौँ : आइतबार बिहानैबाट देशका विभिन्न ठाउँमा मनसुन सक्रिय भएर वर्षा भैरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको मनसुनी न्यूनचापीय रेखा हाल नेपालको दक्षिणतर्फ रहेका कारण आइतबार देशका अधिकांश ठाउँमा बाक्लो बादल लागेको छ र भने केही ठाउँमा वर्षा भैरहेको छ ।

आइतबार दिउँसो देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ भने बागमती प्रदेश र सुदूरपश्चिमका केही स्थानहरूमा भीषण वर्षाको सम्भावना रहेको छ । राती भने सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यमसम्मको वर्षा हुने अनुमान छ ।

यसैबीच वर्षापछि आएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि पहिरो गएको छ । शनिबार बेलुका त्यस क्षेत्रमा पहिरो गएपछि दुईतर्फी सवारीसाधन सञ्चालन अवरुद्ध भएको थियो । पहिरो हटाएर यातायात सञ्चालन गराउने प्रयास गरिए पनि पानी नरोकिएपछि पुनः पहिरो खस्ने भएकाले त्यो क्षेत्रमा पहिरोको जोखिम कायमै छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :