कोरोना सङ्क्रमण भयावह बन्दै, आइतबार एकजनाको मृत्यु, मृतकको सङ्ख्या ७४

काठमाडौँ : नेपालमा कोरोना सङ्क्रमण भयावह बन्दै गएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दिन–प्रतिदिन बढिरहेको बेला गएराती पोखरामा उपचाररत एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड १९ अस्पतालमा उपचार गराइरहेका पोखरा महानगरपालिका १९ निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको हो । अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ९ सय ९२ पुगेको छ भने विश्वमा केही दिनमै २ करोड पुग्ने देखिएको छ ।

यस्तै विश्वभरि कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७ लाख २० हजारभन्दा बढी पुगेको छ । अहिलेसम्मको तथ्याङ्कअनुसार सबैभन्दा बढी सङ्क्रमित र मृतकको सङ्ख्या अमेरिकामा छ भने दोस्रोमा ब्राजिल र तेस्रोमा भारत रहेका छन् । सबैभन्दा पहिला कोरोना भाइरस देखिएको चीन भने २९ औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :