युवा सङ्गठनले दाङमा गर्यो वृक्षरोपण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल दाङको आयोजनामा शान्तिनगरस्थित एक विद्यालय परिसरमा वृक्षरोपण गरिएको छ । शान्तिनगरको जनता आधारभूत विद्यालय भलानेटीमा वृक्षरोपणकार्य सम्पन्न भएको युवा सङ्गठन दाङले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका नेता निर्मलको प्रमुख आतिथ्य र युवा सङ्गठन नेपाल दाङका अध्यक्ष विराटको अध्यक्षतामा विद्यालयका प्रधानाध्यापकसहित स्थानीय बासिन्दाको उपस्थितिमा वृक्षरोपण सम्पन्न भएको समाचारमा जनाइएको छ ।

सोही क्रममा विभिन्न प्रजातिका ५० औं बिरुवा विद्यालयको प्राङ्गणमा रोपिएको छ । जसमा अशोकको २५, धुपिसल्लाको १०, कपुर १० र स्वामीको ५ बिरुवा रोपिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :