स्पेनिस क्लव सेभिल्ला युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश


काठमाडौँ : इटालियन क्लब रोमालाई हराउँदै स्पेनिस क्लव सेभिल्ला युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको अन्तिम १६ को खेलमा स्पेनिस क्लव सेभिल्लाले इटालियन क्लब रोमालाई २–० गोल अन्तरले हराउँदै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

खेलको २२औं मिनेटमा सर्जियो रेगुईलनले सेभिल्लालाई अग्रता दिलाएका थिए । ४४औं मिनेटमा यूसुफ एन नेसरीले दोस्रो गोल गर्दै सेभिल्लाको जीत सुनिश्चित गरेका थिए ।

क्वाटरफाइनल प्रवेश गरेका तीन संस्करणमा सेभिल्लाले उपाधिसमेत जीतेको छ । लगातार तीन पटकसहित पाँच पटकको च्याम्पियन बनिसकेको सेभिल्ला छैठौँ पटक उपाधिको खोजिमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :