काठमाडौँमा देशभक्त जनगणतान्त्रिक मोर्चाको प्रदर्शन


काठमाडौँ : नेकपा (क्रान्तिकारी माओवादी) को देशभक्त जनगणतान्त्रिक मोर्चाले बिहीबार काठमाडौँमा प्रदर्शन गरेको छ । सीमा अतिक्रमणको विवादलाई अन्तर्राष्ट्रियकरण गर्न, राष्ट्रघाती एमसीसी सम्झौताको भण्डाफोर गर्न, कोभिड १९ को उपचारप्रक्रियामा भएको सरकारी उदासीनतालाई लिएर क्रान्तिकारी माओवादीको मोर्चाले प्रदर्शन गरेको हो ।

यस्तै देशमा दिनानुदिन बढ्दो महँगी, तस्करी, भ्रष्टाचार, भूमि तथा संस्कृतिमाथिको अतिक्रमण, मजदुर कटौती र मजदुरविरोधी सम्झौता, चौरजहारीमा भएको अमानवीय हत्याकाण्ड र सुकुमबासी बस्तीमा गरिएको आगजनी, लैङ्गिक हिंसा, शैक्षिक क्षेत्रमा मौलाएको निजीकरण र माफियाकरणका विरुद्ध उक्त प्रदर्शन गरिएको मार्चाले जनाएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) ३ नम्बर प्रदेश सेक्रेटरी प्रवेशले सञ्चालन गरेको विरोधसभामा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेल, अखिल नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष ओम गुरुङ र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका अध्यक्ष ईश्वर तिमिल्सिनाले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :