अराजक गतिविधि गरेको भन्दै नेकपाद्वारा ललितपुर सदस्य जमिनलाई कारबाही

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी ललितपुरले पार्टी सङ्गठनको नीति, सिद्धान्त र हितविपरीत कार्य गरेको भन्दै जिल्ला सदस्य जमिनलाई कारबाही गरिएको जनाएको छ ।

नेकपाका ललितपुर सेक्रेटरी विदुषीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीभित्र रहेर देश, जनता, स्वाभिमान र स्वतन्त्रताका पक्षमा भन्दा पनि व्यक्तिगत स्वार्थतिर लागेको भन्दै आफ्नो पार्टीका जिल्ला सदस्य जमिनलाई पार्टीको साधारण सदस्य पनि नरहने गरी अनिश्चित कालका लागि निष्कासन गरिएको उल्लेख गरेका छन् । जिल्ला सदस्य जमिनले पार्टीका नाममा व्यक्तिगत आर्थिक लाभ लिने गरेको पनि विज्ञप्तिमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :