काठमाडौँमा एकै दिन ८७ जना कोरोना सङ्क्रमित

काठमाडौँ : नेपालमा कोरोना सङ्क्राणको तथ्याङ्क लगातार उकालो लागिरहेको बेला काठमाडौँमा कोरोना समुदायमा फैलिएको हुनसक्ने आशङ्का बढेको छ । काठमाडौँ उपत्यकामा बिहीबार ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा ७६ जना, ललिपुरमा १० जना र भक्तपुरमा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

काठमाडौँमा देशका अन्य भाग, वैदेशिक रोजगारमा गएकाहरू र भारतबाट समेत काठमाडौँ भित्रिनेको सङ्ख्या धेरै भएका कारण पनि काठमाडौँ उच्च जोखिमा रहेको बताइएको छ । जनस्वास्थ्यविज्ञहरूले काठमाडौँमा व्यापक रूपमा कोरोना सङ्क्रिमत थपिँदै गएको खण्डमा अस्पतालहरूसमेत पाउन समस्या हुने र इटालीको जस्तो अवस्था आउनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

बिहीबार देशैभरि ३ सय ६० जना कोरोना सङ्क्रमित थपिएका छन् भने योसहित कोरोना सङ्क्रमित हुनेको सङ्ख्या २१ हजार ७ सय ५० पुगेको छ । बिहीबारसम्म मृत्यु हुनेको सङ्ख्या ६५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :